त्यो मान्छे हामीमध्ये होइन, जो गालामा थप्पड हान्छ, लुगा च्यात्छ र जाहिलियत (अज्ञानताको समय) जस्तै गाली गर्छ।
Choose an available translation of this Hadeeth
Hadeeth text
अब्दुल्लाह बिन मस्ऊद (रजियल्लाहु अन्हु) भन्नु हुन्छ: नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो: त्यो मान्छे हामीमध्ये होइन, जो गालामा थप्पड हान्छ, लुगा च्यात्छ र जाहिलियत (अज्ञानताको समय) जस्तै गाली गर्छ।
Explanation
१- गालामा थप्पड हान्नेहरू, उहाँले विशेष गरी गालाको थप्पडको बारेमा उल्लेख गर्नुभयो किनभने यस्ता अवसरहरूमा सामान्यतया गालामा थप्पड हानिन्छ। अन्यथा, अनुहारको बाँकी भागमा हिर्काउनु पनि निषेध गरिएको छ।
२- रिसाएको बेला आफ्नो कलर र गला च्यात्ने व्यक्ति।
३- अज्ञानता युगका मानिसहरू जस्तै हाइ हाइ र बर्बाद भयो भनेर विलाप गर्नु वा (छाती पिटेर) शोक व्यक्त गर्नु आदि।
Benefits
दुःखमा धैर्य गर्नु अनिवार्य छ। अल्लाहको पीडादायी फैसलामा रिसाउनु र रूएर, कपाल खौरिएर, लुगा च्यातेर वा यस्तै क्रियाकलाप गरेर अल्लाहको फैसलाप्रति अप्रसन्नता व्यक्त गर्नु निषेध गरिएको छ।
शरियाले समर्थन नगरेको इस्लाम पूर्वका अभ्यासहरूको अनुसरण गर्न निषेध गरिएको छ।
दुःखी हुनु र रुनुमा कुनै गल्ती छैन। यो अल्लाहको निर्णयप्रति धैर्य गर्नुको विपरीत पनि होइन। बरु, यो अल्लाहले आफन्त र साथीभाइको हृदयमा सिर्जना गरेको दया र माया हो।
अल्लाहको निर्णयमा सन्तुष्ट हुनु मुस्लिमको जिम्मेवारी हो। यदि ऊ सन्तुष्ट हुन सक्दैन भने, उसले कम्तिमा धैर्य गर्नुपर्छ।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

