HadeethEnc · 1.59.0
तिमीहरूमध्ये सबैभन्दा राम्रो त्यो हो जसको नैतिकता उत्तम छ ।
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) न त अश्लील हुनुहुन्थ्यो न त फोहोरी कुरा गर्न वा नराम्रो भाषा प्रयोग गर्ने व्यक्ति हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो: "तिमीहरूमध्ये सबैभन्दा राम्रो त्यो हो जसको नैतिकता उत्तम छ ।"
02
Explanation
"नबी (सल्लल्लाहु अलैहि वसल्लम)को स्वभावमा कहिल्यै खराब बोल्ने वा नराम्रो कार्य गर्नु समावेश थिएन। उहाँले न यसो गर्न चाहनु हुन्थ्यो, न त जानाजानी यसमा संलग्न हुनुहुन्थ्यो। उहाँ साँच्चै महान् नैतिकता भएका व्यक्ति हुनुहुन्थ्यो।"
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुहुन्थ्यो : अल्लाहको नजरमा तिमीहरु मध्ये सबैभन्दा राम्रो व्यक्ति त्यो हो जसको नैतिकता सबैभन्दा राम्रो हो । राम्रो व्यवहार भनेको अरुको भलाइ गर्नु, राम्रो कुरा गर्नु, मुस्कुराएर भेट्नु, कसैलाई दु:ख नदिनु, अरुले चोट पुर्यायो भने धैर्य गर्नु र मानिसहरुसँग घुलमिल भएर बस्नु नै हो ।

03
Benefits
मुमिनले खराब शब्दहरू र खराब कार्यहरूबाट टाढा रहनुपर्छ ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को आदर्श नैतिकता थियो । उहाँबाट राम्रो कामहरू र राम्रा शब्दहरू बाहेक अरू केही हुँदैनथ्यो ।
सुन्दर आचरण एक प्रतिस्पर्धाको मैदान हो; जो अगाडि बढ्छ, ऊ विश्वासको उत्तम र सम्पूर्ण मानिसहरूमा पर्छ।

Attribution
[मुत्तफकुन अलैहि]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares