HadeethEnc · 1.59.0
एकजना व्यक्तिले मानिसहरूलाई पैसा उधारो दिने गर्थ्यो। उसले आफ्नो नोकरलाई (ऋण उठाउन पठाउँदा) भन्थ्यो : "यदि कसैको ऋण तिर्न अवस्था छैन भने उसलाई माफ गरिदिनु। सायद अल्लाहले हामीलाई पनि क्षमा गरिदिनुहुनेछन्
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "एकजना व्यक्तिले मानिसहरूलाई पैसा उधारो दिने गर्थ्यो। उसले आफ्नो नोकरलाई (ऋण उठाउन पठाउँदा) भन्थ्यो : "यदि कसैको ऋण तिर्न अवस्था छैन भने उसलाई माफ गरिदिनु। सायद अल्लाहले हामीलाई पनि क्षमा गरिदिनुहुनेछन् ।" जब उसले अल्लाह सर्वशक्तिमानलाई भेट्यो(अर्थात, जब उसको मृत्यु भयो), अल्लाहले उसलाई माफ गरिदिनु भयो ।
02
Explanation
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) एक व्यक्तिको बारेमा बताइरहनु भएको छ, जसले मानिसहरूलाई पैसा ऋणमा दिने गर्थ्यो वा सामान उधारो बेच्ने गर्थ्यो । र ऋण असुलीका लागि मानिसहरूकहाँ जाने आफ्नो नोकरलाई भन्थ्यो: जब तिमी ऋणीकहाँ जाऊ र ऊसँग ऋण तिर्ने केही छैन भने उसलाई केही थप समय दिएर वा तुरुन्त भुक्तानीको लागि दबाब नदिएर उसमाथि दया गर्नु । वा ऊसँग जे छ, त्यो जतिसुकै थोरै भए पनि लिनु । अल्लाहले उनलाई माफ गरिदिनुहुनेछ भन्ने आशामा उनी यसो भन्ने गर्थे । त्यसकारण जब उसको मृत्यु भयो, अल्लाहले उनलाई माफ गरिदिनु भयो ।
03
Benefits
मानिसहरूसँग व्यवहार गर्दा दयालु हुनु र तिनीहरूलाई क्षमा गर्नु, समस्यामा परेकाहरूलाई छूट दिनु, महाप्रलयको दिन (नर्क बाट) मुक्ति प्राप्त गर्ने ठूलो माध्यम हो ।
मानिसहरूप्रति दयालु हुनु, अल्लाह प्रतिको विशुद्ध निष्ठा र उहाँको कृपाको आशा गर्नु पापहरूको क्षमाका कारण हुन् ।
मानिसहरूप्रति दयालु हुनु, अल्लाह प्रतिको विशुद्ध निष्ठा र उहाँको कृपाको आशा गर्नु पापहरूको क्षमाका कारण हुन् ।
Attribution
[मुत्तफकुन अलैहि]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares

