HadeethEnc · 1.59.0
हया (लाज) ईमानको एक भाग हो
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले, एक व्यक्तिले आफ्नो भाइलाई ‘हया’ लाजको बारेमा उपदेश दिरहेको सुने, त्यसैले उहाँले भन्नुभयो: "हया (लाज) ईमानको एक भाग हो ।"
02
Explanation
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले एक व्यक्तिले आफ्नो भाइलाई धेरै लाज नमान्ने सल्लाह दिइरहेको सुन्नुभयो, त्यसैले उहाँले लाज ईमानको एक अंश हो र यो व्यक्तिको लागि राम्रो हो भनी स्पष्ट पार्नुभयो ।
हया (लाज) एक गुण हो, जसले व्यक्तिलाई राम्रो काम गर्न र खराब कामहरूबाट टाढा रहन प्रेरित गर्छ ।
हया (लाज) एक गुण हो, जसले व्यक्तिलाई राम्रो काम गर्न र खराब कामहरूबाट टाढा रहन प्रेरित गर्छ ।
03
Benefits
राम्रो काम गर्नबाट रोक्ने स्वभावलाई लाज नभई लाचारी, कमजोरी र कायरता भनिन्छ ।
अल्लाहप्रति हया भनेको उहाँको आदेशहरूको पालना गर्नु र उहाँले निषेध गर्नुभएको कुरालाई त्याग्नु हो ।
मानिसहरुप्रति हया भनेको उनीहरुको सम्मान गर्नु, उनीहरुलाई उचित स्थान दिनु र सामान्यतया खराब मानिने कुराहरूबाट टाढा रहनु हो ।

Attribution
[मुत्तफकुन अलैहि]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares