जसले खाना खायो र भन्यो: 'अल्हम्दुलिल्लाहिल्लजी अत्अमनी हाजा व रजक़नीहि मिन ग़ैरि हौलिन मिन्नी वला कुव्वह्' (सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हो, जसले मलाई यो खाना खुवाउनुभयो र मेरो कुनै शक्ति वा सामर्थ्य बिना नै मलाई यो प्रदान गर्नुभयो), उसका अघिल्ला पापहरू क्षमा गरिनेछन् ।
Choose an available translation of this Hadeeth
Hadeeth text
सहल इब्न मुआज इब्न अनस (रजियल्लाहु अन्हुम) ले आफ्ना बुवा (मुआज इब्न अनस) बाट वर्णन गरेका छन्, उनी भन्छन्र, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले खाना खायो र भन्यो: 'अल्हम्दुलिल्लाहिल्लजी अत्अमनी हाजा व रजक़नीहि मिन ग़ैरि हौलिन मिन्नी वला कुव्वह्' (सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हो, जसले मलाई यो खाना खुवाउनुभयो र मेरो कुनै शक्ति वा सामर्थ्य बिना नै मलाई यो प्रदान गर्नुभयो), उसका अघिल्ला पापहरू क्षमा गरिनेछन् ।"
Explanation
Benefits
प्रस्तुत हदीसले आफ्ना भक्तहरूप्रति अल्लाहको असीम कृपालाई प्रस्ट पार्छ, किनकि उहाँले नै उनीहरूलाई भोजन प्रदान गर्नुभयो, जीविकोपार्जनका माध्यमहरू सुलभ बनाइदिनुभयो र उनीहरूका पापहरू समेत क्षमा गरिदिनुभयो।
भक्तहरूका सबै कार्यहरू वास्तवमा अल्लाहको तर्फबाट नै सम्पन्न हुन्छन्; ती तिनको आफ्नै शक्ति वा सामर्थ्यका कारणले मात्र हुँदैनन् । तथापि, भक्तलाई आवश्यक साधनहरू अपनाउन आदेश दिइएको छ।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

