افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#4936[सही]
HadeethEnc · 1.59.0

बनी इस्राईलको राजनीतिक तथा सामाजिक नेतृत्व स्वयम् नबीहरूले गर्दथे। जब कुनै नबीको मृत्यु हुन्थ्यो, तब अर्का नबीले उनको स्थान लिन्थे। तर, म पश्चात् कोही पनि नयाँ नबी आउने छैनन्; बरु अब खलिफाहरू (उत्तराधिकारीहरू) हुनेछन् र उनीहरूको सङ्ख्या धेरै हुनेछ

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अबू हाजिमले भन्नुहुन्छ: "मैले अबू हुरैराह (रदियल्लाहु अन्हु) सँग पाँच वर्ष बिताएँ। मैले उहाँलाई अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट हदीस वर्णन गर्दै गरेको सुनें, उहाँले भन्नुभयो: "बनी इस्राईलको राजनीतिक तथा सामाजिक नेतृत्व स्वयम् नबीहरूले गर्दथे। जब कुनै नबीको मृत्यु हुन्थ्यो, तब अर्का नबीले उनको स्थान लिन्थे। तर, म पश्चात् कोही पनि नयाँ नबी आउने छैनन्; बरु अब खलिफाहरू (उत्तराधिकारीहरू) हुनेछन् र उनीहरूको सङ्ख्या धेरै हुनेछ।" सहाबाहरूले सोधे: "हे अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम)! तसर्थ, हजुर हामीलाई त्यस अवस्थाका लागि के आदेश दिनुहुन्छ?" उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "तिमीहरू जसको 'बैअत' (वफादारिताको शपथ) सबैभन्दा पहिले भएको छ, त्यसैप्रति आफ्नो कर्तव्य पूरा गर्नू। उनीहरूलाई उनीहरूको हक-अधिकार प्रदान गर्नू; किनकि अल्लाहले उनीहरूलाई सुम्पिनुभएको जनताप्रतिको दायित्वको विषयमा उनीहरूसँग अवश्य नै सोधपुछ गर्नुहुनेछ।"
02

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जानकारी दिनुभयो कि बनी इस्राईलको नेतृत्व र शासन उनीहरूका सन्देशवाहकहरूले गर्दथे, र उनीहरूको मामिलाको रेखदेख त्यसरी नै गर्दथे जसरी राजा वा शासकहरूले आफ्ना प्रजाको गर्दछन्। जब-जब उनीहरूमा कुनै विकृति वा खराबी देखा पर्दथ्यो, अल्लाहले उनीहरूका लागि एक नबी पठाउनुहुन्थ्यो, जसले उनीहरूको व्यवस्थालाई सुधार्नुहुन्थ्यो र उनीहरूले धर्मका नियमहरूमा गरेका परिवर्तन वा विकृतिहरूलाई हटाउनुहुन्थ्यो। तर निश्चय नै मपछि कुनै नबी आउने छैनन् जसले उनीहरूले गरे जस्तै कार्य गरुन्; बरु म पछि खलिफाहरू (उत्तराधिकारीहरू) हुनेछन् र उनीहरूको सङ्ख्या धेरै हुनेछ, जसका कारण उनीहरूका बीचमा मतभेद र विवाद उत्पन्न हुनेछ। तब सहाबाहरूले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे: यस्तो अवस्थामा तपाईं हामीलाई के गर्न आदेश दिनुहुन्छ? उहाँले जवाफ दिनुभयो: यदि एक खलीफा पश्चात् अर्को खलीफाप्रति बफादारिताको शपथ (बैअत) लिइन्छ भने; प्रथम खलीफाको शपथ वैध मानिन्छ जसको निर्वाह गर्नु कर्तव्य हो, र दोस्रो शपथ अमान्य ठहरिन्छ र त्यसको लागि नेतृत्वको दाबी गर्नु वर्जित (हराम) छ। तिनीहरूलाई उनीहरूको अधिकार प्रदान गर्नु, र अवज्ञा वा पापका कार्यहरू बाहेक अन्य समस्त विषयहरूमा आज्ञाकारिताका साथ तिनीहरूको अनुसरण गर्नु। निश्चय नै, अल्लाहले उनीहरूलाई तिमीहरूप्रति गरेका कार्यहरूको सोधपुछ र हिसाब लिनुहुनेछ।
03

Benefits

मानव जातिका निम्ति एक जना नबी वा खलीफा (उत्तराधिकारी) को उपस्थिति जरुरी हुन्छ, जसले उनीहरूका सामाजिक एवं धार्मिक मामिलाहरूको कुशल व्यवस्थापन गर्न सकून् र उनीहरूलाई सत्मार्ग तर्फ मार्गदर्शन गराउन सकून्।
हाम्रा नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) पछि कोही नबी हुनेछैनन्।
यस हदीसले शरीअतको कानुनद्वारा वैध ठहरिएको (प्रमाणित भएको) शासकका विरुद्ध विद्रोह नगर्न कडा चेतावनी दिन्छ।
एकै समयमा दुईजना खलिफालाई बैअत (वफादारीको कसम खानु) गर्नु अनुमति छैन।
इमाम र शासकको ठूलो जिम्मेवारी हुन्छ, किनकि अल्लाहले उनलाई उनका प्रजाहरूको बारेमा सोधपुछ गर्नेछन्।
इब्न हजर भन्छन्: "संसारको मामिलाभन्दा धर्मको मामिलालाई प्राथमिकता दिनु आवश्यक छ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले शासक वा अधिकारीहरूको अधिकार पूरा गर्न निर्देशन दिनुभएको छ ताकि धर्मको सम्मान उच्च राख्न र समाजमा अशान्ति, अराजकता तथा खराबीलाई रोक्न सकियोस्। आफ्नो व्यक्तिगत हक-अधिकार पाउन ढिलो हुँदैमा त्यो हक हराएर जाँदैन। अल्लाहले वाचा गर्नुभएको छ कि उहाँले न्याय गर्नुहुनेछ र मानिसलाई उसको पूरा अधिकार दिलाउनुहुनेछ, चाहे त्यो यस संसारमा नभएर परलोक (आखिरत) मा नै किन नहोस्।"
यो हदीस मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) एक साँचो नबी हुनुको एक महान् प्रमाण हो, किनकि उहाँपछि धेरै खलिफाहरू आए, जसमध्ये केहीले उम्मतको सुधार गरे भने केहीले हानि पुर्‍याए।

Attribution

[मुत्तफकुन अलैहि]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...