HadeethEnc · 1.59.0
वास्तवमा, आफ्नो घरपरिवार, प्रजा र मातहतमा रहेकाहरूमाथी न्याय गर्ने न्यायाधीशहरू अल्लाहको दाहिने हाततिर उज्यालो मञ्चमा विराजमान हुनेछन् । उहाँका दुवै हातहरू दाहिने हुन्
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "वास्तवमा, आफ्नो घरपरिवार, प्रजा र मातहतमा रहेकाहरूमाथी न्याय गर्ने न्यायाधीशहरू अल्लाहको दाहिने हाततिर उज्यालो मञ्चमा विराजमान हुनेछन् । उहाँका दुवै हातहरू दाहिने हुन् ।"
02
Explanation
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले आफ्नो घरपरिवार, प्रजा र मातहतमा रहेकाहरू माथी न्याय र सत्यताका साथ फैसला गर्छन्, उनीहरु न्यायको दिन प्रकाशबाट निर्माण गरिएका उच्च स्थानमा विराजमान हुनेछन् । यी स्थानहरू उनीहरूलाई सम्मान स्वरुप दिइनेछ । यी उच्च स्थानहरू दयालु अल्लाहको दाहिने तर्फ हुनेछन् । स्मरण रहोस, अल्लाहका दुवै हातहरू दाहिने छन् ।
03
Benefits
न्यायको सद्गुण र न्याय गर्ने प्रेरणा ।
न्याय एक व्यापक शब्द हो, जसमा सबै प्रकारका शासन, मानिसहरू, पत्नी र छोराछोरीहरू बीच गरिएका निर्णयहरू आदि समावेश छन् ।
न्यायको दिनमा न्यायाधीशहरूको स्थानको विवरण ।
न्यायको दिनमा आस्थावानहरूले पाउने स्थानहरू कर्म अनुसार फरक हुनेछन् ।
प्रेरणा र प्रोत्साहन गर्ने विधि दावत [आह्वान] गर्ने एक शैली हो, जसले सम्बोधित श्रोतालाई राम्रो काम गर्न प्रेरित गर्छ ।

Attribution
[मुस्लिमले वर्णन गरेका छन्]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares