जसले लसुन वा प्याज खाएको छ, ऊ हामीबाट टाढा रहोस् - वा उहाँले भन्नुभयो: हाम्रो मस्जिदबाट टाढा रहोस् र आफ्नो घरमा बसोस्।
Choose an available translation of this Hadeeth
Hadeeth text
जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन् : नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जसले लसुन वा प्याज खाएको छ, ऊ हामीबाट टाढा रहोस् - वा उहाँले भन्नुभयो: हाम्रो मस्जिदबाट टाढा रहोस् र आफ्नो घरमा बसोस्।" नबी (सल्लल्लाहु अलैहि वसल्लम) सामु एउटा भाँडा ल्याइयो, जसमा हरियो तरकारी थियो र उहाँलाई त्यसको गन्ध आयो, उहाँले त्यसमा के छ भनेर सोध्नु भयो र उहाँलाई जवाफ दिइयो । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: यसलाई मेरो साथीलाई देऊ । जब त्यो साथीले यो देख्यो, उसलाई पनि खान मन परेन। त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "तिमी खाऊ, किनकि म जोससँग कानेखुसी गर्छु तिमी गर्दैनौ।" मुस्लिमको हदीसमा छ, जाबिर (रजियल्लाहु अलैहि वसल्लम) बाट वर्णन गरिएको छ, पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जसले यो तरकारी; लसुन खाएको छ र एक पटक भन्नुभयो: जसले प्याज, लसुन वा तोरी खाएको छ, त्यो हाम्रो मस्जिदको नजिक नआओस्। किनकि आदमका सन्तानहरूलाई हानि पुर्याउने कुराले स्वर्गदूतहरूलाई हानि पुर्याउँछ।”
Explanation
उहाँले बताउनु भयो, मानिसहरू जस्तै स्वर्गदूतहरूलाई पनि दुर्गन्धित चीजहरूले सताउँछ।
Benefits
यी चीजहरूमा उपासना गर्नेहरूलाई असुविधा दिने सबै दुर्गन्धित चीजहरू समावेश हुनेछन्, जस्तै चुरोट र सुर्तीजन्य पदार्थ आदि।
निषेधको कारण नराम्रो गन्ध हो। यदि धेरै पकाएर नराम्रो गन्ध हटाइयो भने, निषेध हट्नेछ।
मस्जिदमा आएर नमाज पढ्न चाहने व्यक्तिले मस्जिदमा सामूहिक नमाज नछुटोस् भनेर यी चीजहरू खानु मकरुह हो। तर, यदि उसले उपस्थित हुनबाट बच्नको लागि यी चीजहरू खान्छ भने, उसको लागि यी चीजहरू खानु हराम हुनेछ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) यी कुराहरू हराम भएकोले नखाएको होइन । बरु उहाँ जिब्रिल (अलैहिस्सलाम) सँग कुराकानी गर्नुहुन्थ्यो।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) को उत्कृष्ट शिक्षण शैली, उहाँले आदेशको कारण पनि व्याख्या गर्नुहुन्थ्यो, ताकि श्रोताले बुद्धिमत्ता बुझोस् र सहज महसुस गरोस्।
काजी (रहिमहुल्लाह) भन्छन्: विद्वानहरूले ईदगाह र कब्रिस्तान जस्ता अन्य प्रार्थना स्थलहरूलाई पनि यसैमा सामेल गरेका छन् । त्यस्तै ज्ञान, जिक्र र वलीमाका लागि भेलाहरूलाई पनि योसँग तुलना गरिनेछ। तर बजार आदिसँग होइन।
उलमाहरू भन्छन् : लसुन खाएको मान्छेलाई खाली मस्जिदमा पस्न पनि रोक लगाइनेछ । किनकि मस्जिदमा फरिश्ताहरू हुन्छन् । साथै हदीसको आम अर्थको माग पनि यही हो ।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

