افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#4566[सही]
HadeethEnc · 1.59.0

समुहका साथ पढिएको नमाज (को पुण्य र श्रेष्ठता) बजार वा घरमा पढिएको नमाज भन्दा बीस दर्जा बढी हुन्छ

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "समुहका साथ पढिएको नमाज (को पुण्य र श्रेष्ठता) बजार वा घरमा पढिएको नमाज भन्दा बीस दर्जा बढी हुन्छ । तिमीहरूमध्ये जब कसैले वुजू गर्छ अनि राम्रो तरिकाले वुजू गर्छ अनि नमाज पढ्ने मनसायले मस्जिद जान्छ भने मस्जिद नपुगेसम्म उसले चालेको हरेक पाइलाको बदलामा उसले एक पुण्य पाउँछ र उसको एउटा पाप क्षमा हुन्छ । मस्जिदमा प्रवेश गरिसकेपछि नमाजको लागि पर्खन्छ र जबसम्म नमाज पढ्ने समयलाई पर्खि बस्छ, ऊ उपासनाको अवस्थामा मानिन्छ। त्यसैगरी, यदि कुनै व्यक्ति नमाज पढेर आफ्नो स्थानमा बसिरहन्छ, जबसम्म उसले कसैलाई दुःख दिँदैन वा उसको वुजु भङ्ग हुँदैन, तबसम्म फरिश्ता (स्वर्गदूत) हरूले उसको लागि अल्लाहसँग यस्तो प्रार्थना गरिरहन्छन्: “हे अल्लाह! उमाथि दया गर्नुहोस्। हे अल्लाह! उसलाई माफ गरिदिनुहोस्। हे अल्लाह! उसको पश्चात्ताप स्वीकार गर्नुहोस्।”
02

Explanation

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई भन्नुभएको छ, यदि एक मुस्लिमले समुहका साथ नमाज पढ्छ भने, त्यो उसको घर वा बजारमा पढिएको नमाज भन्दा बीस गुणा राम्रो र पुण्यदायक हुन्छ । त्यसपछि उहाँले त्यसको कारण बताउनुभयो: यदि कुनै व्यक्तिले वुजू गर्छ र राम्रोसँग वुजू गर्छ अनि नमाज पढ्ने मनसायले मस्जिद जान्छ भने उसले चालेको हरेक कदमको बदलामा एउटा पुण्य पाउँछ र उसको एउटा पाप मेटाइन्छ । मस्जिदमा प्रवेश गरेपछि ऊ नमाजको लागि जबसम्म पर्खन्छ, उसले नमाजको पुण्य पाउनेछ र नमाज पढेर आफ्नो ठाउँमा जबसम्म बसिरहन्छ, फरिश्ता (स्वर्गदूत) हरूले उसको लागि यसरी प्रार्थना गरिरहन्छन् : "हे अल्लाह, उसलाई माफ गर्नुहोस्, हे अल्लाह, ऊ माथि कृपा गर्नुहोस्, हे अल्लाह, उसको पश्चात्ताप स्वीकार गर्नुहोस् ।" जबसम्म उसको वुजु भङ्ग हुदैन वा उसले मानिसहरू वा स्वर्गदूतहरूलाई हानि पुर्‍याउने कुनै काम गर्दैन (तबसम्म फरिश्ताहरूले उसको लागि प्रार्थना गरिरहन्छन् ) ।
03

Benefits

व्यक्तिगत रूपमा घर वा बजारमा नमाज पढ्न जायज छ, तर कुनै वैध कारणबिना जमात (सामूहिक नमाज) छोड्दा व्यक्ति पापी हुन्छ ।
मस्जिदमा जमातका साथ नमाज पढ्नु एक्लै पढ्नु भन्दा २५ वा २६ वा २७ दर्जा उत्तम हो ।
फरिश्ता (स्वर्गदूत) हरूको कार्यहरु मध्ये एउटा कार्य भनेको मुमिनहरूको लागि दुआ (प्रार्थना) गर्नु हो ।
यो हदीसले मस्जिदमा वुजू गरेर जानु कति पुण्यदायक कार्य हो भन्ने कुरा प्रस्ट पार्छ।

Attribution

[मुत्तफकुन अलैहि]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...