HadeethEnc · 1.59.0
तिमीहरूमध्ये कोही पनि मुमिन (आस्थावान) हुन सक्दैन जबसम्म उसले आफ्नो भाइको लागि त्यही मन पराउँदैन जुन उसले आफ्नो लागिमन पराउछ ।
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तिमीहरूमध्ये कोही पनि मुमिन (आस्थावान) हुन सक्दैन जबसम्म उसले आफ्नो भाइको लागि त्यही मन पराउँदैन जुन उसले आफ्नो लागिमन पराउछ ।"
02
Explanation
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ, जबसम्म कुनै मुस्लिमले आफ्नो भाइको लागि आफूलाई मन पर्ने आज्ञाकारिता अनि दीन र दुनियाँका राम्रा कुराहरू मन पराउँदैन र आफुले घृणा गर्ने कुरा उसको लागि घृणा गर्दैन, तबसम्म उसको ईमान पूर्ण हुन सक्दैन । यदि उसले कुनै मुस्लिम भाइमा धार्मिक कुराहरूमा केही कमीकमजोरी देख्छ भने उसले त्यसलाई सुधार्ने प्रयास गर्नुपर्छ । यदि उसमा कुनै भलाई देख्छ भने त्यसमा उसको साथ र सहयोग गर्नुपर्छ । दीन र दुनियाँका कुराहरूमा राम्रो सल्लाह दिनुपर्छ ।
03
Benefits
मुस्लिमले आफ्नो भाइको लागि त्यही रोज्नु अनिवार्य हो, जुन उसले आफ्नो लागि रोजेको छ । किनभने आफ्नो लागि मन पर्ने कुरा आफ्नो भाइलाई मन नपराउने व्यक्ति मुमिन हुन सक्दैन भनिएको छ ।
इस्लामिक दाजुभाइको भाइचारा वंशको दाजुभाइ भन्दा माथि छ, त्यसैले यसको हक धेरै छ ।
यस प्रेम विपरीत सबै कार्यहरू निषेध छन्, जस्तै धोखा, गीबत (चुक्ली), ईर्ष्या र मुस्लिमको जीउधन र इज्जतमाथि आक्रमण गर्नु ।
"केही शब्दहरूको प्रयोगले कार्यप्रतिको प्रेरणा बढाउँछ; जस्तै 'आफ्नो भाइका लागि' भन्ने प्रयोगले स्नेह र उत्तरदायित्वको भावना उत्पन्न गर्छ।"
अल-किरमानीले भनेका छन्: आफुले घृणा गर्ने कुरा आफ्नो भाइको लागि पनि घृणा गर्नु ईमानको अंश हो, तर यसलाई उल्लेख गरिएन; किनकि कुनै चीजलाई माया गर्दा उसको विपरीतलाई घृणा स्वतः हुन्छ, त्यसैले यसलाई उल्लेख गरिएन ।

Attribution
[मुत्तफकुन अलैहि]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares