HadeethEnc · 1.59.0
रिसाउनु हुँदैन
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट केही वसीयत (उपदेश दिन) आग्रह गरे र उहाँले भन्नुभयो: "रिसाउनु हुँदैन ।" उनले यो प्रश्न बारम्बार दोहोर्याए तर उहाँले हरेक पटक रिसाउनु हुदैन भनिरहनुभयो ।
02
Explanation
एक जना सहाबा मध्ये अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई केही लाभदायक कुरा बताउन आग्रह गरे र उहाँले रिसाउनु हुँदैन भन्नुभयो । अर्थात्, पहिले तपाईं रिस उठ्ने कुराबाट टाढा रहनुहोस् र यदि रिस उठ्यो भने आफूलाई नियन्त्रण गर्नुहोस् र क्रोधित भएको बेला हत्या, हिंसा र गालीगलौज इत्यादिबाट जोगिनुहोस् ।
उनले वसीयत गर्न बारम्बार दोहोर्याए तर उहाँले हरेक पटक रिसाउनु हुदैन भनिरहनुभयो ।
उनले वसीयत गर्न बारम्बार दोहोर्याए तर उहाँले हरेक पटक रिसाउनु हुदैन भनिरहनुभयो ।
03
Benefits
यस हदीसमा, रिस र क्रोधलाई निम्त्याउने चीजहरू बाट जोगिन चेतावनी दिइएको छ । किनभने क्रोध सबै खराबीको जरो हो र यसबाट स्वयंलाई पर राख्नु नै सबै भलाईको स्रोत हो ।
अल्लाहका लागि रिसाउनु, जस्तै निषेधित कार्यहरूको अवज्ञा गर्दा क्रोधित हुनु, एक प्रशंसनीय कुरा हो ।
आवश्यक परेमा कुरा दोहोर्याउनु पर्छ, ताकि श्रोताले राम्रोसँग बुझोस् र कुराको महत्त्व उसको मनमस्तिष्कमा बसोस् ।
विद्वान व्यक्तिसित वसीयत (सल्लाह) माग्नुको फाइदा।

Attribution
[बुखारीले वर्णन गरेका छन्]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares