HadeethEnc · 1.59.0
म र नबी (सल्लल्लाहु अलैहि वसल्लम) एउटै भाँडोबाट नुहाउने गर्दथ्यौं, जबकि हामीदुवै जुन्बी (अपवित्र) हुन्थ्यौं । त्यसैगरी म महिनावारी भएको बेला नबी (सल्लल्लाहु अलैहि वसल्लम) को आदेश अनुसार आफ्नो गुप्ताङ्ग लुगाले बाँध्थेँ र त्यसपछि उहाँ मसँग मुबाशरत (सम्भोग बाहेक अन्य यौन क्रियाकलापहरू) गर्नुहुन्थ्यो
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
आस्थावानहरूकि आमा आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, म र नबी (सल्लल्लाहु अलैहि वसल्लम) एउटै भाँडोबाट नुहाउने गर्दथ्यौं, जबकि हामीदुवै जुन्बी (अपवित्र) हुन्थ्यौं । त्यसैगरी म महिनावारी भएको बेला नबी (सल्लल्लाहु अलैहि वसल्लम) को आदेश अनुसार आफ्नो गुप्ताङ्ग लुगाले बाँध्थेँ र त्यसपछि उहाँ मसँग मुबाशरत (सम्भोग बाहेक अन्य यौन क्रियाकलापहरू) गर्नुहुन्थ्यो । त्यसैगरी उहाँ इतिकाफ (मस्जिदमा इबादतको लागि एकान्त बास बस्नु) मा हुँदा आफ्नो शिर मतिर (मस्जिदबाट) बाहिर निकाल्नुहुन्थ्यो र म महिनावारी हुँदा पनि उहाँको शिर धुने गर्थे ।
02
Explanation
उम्मुल मोमिनीन आइशा (रज़ियल्लाहु अन्हा) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँगका आफ्ना केही विशेष व्यक्तिगत अवस्थाहरू बारे बताउनुभएको छ। तीमध्ये एउटा यो हो कि सम्भोग पछि पवित्र हुनलाई उहाँ दुवै जना सगँ संगै एउटै भाँडोबाट पानी लिएर नुहाउने गर्थे । त्यसैगरी, जब उनी महिनावारीमा हुन्थिन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनीसँग माया गर्न खोज्दा उनको शरीरलाई नाभिदेखि घुँडासम्म छोप्न आदेश दिनुहुन्थ्यो र सम्भोग बाहेक अन्य यौन क्रियाकलापहरू गर्नुहुन्थ्यो । त्यसैगरी उहाँ मस्जिदमा इतिकाफमा हुँदा आफ्नो शिर आइशा (रजियल्लाहु अन्हा) तिर बाहिर निकाल्नुहुन्थ्यो र उनी आफ्नो घरमा महिनावारी भएको बेला उहाँको शिरलाई धुने गर्थिन् ।
03
Benefits
पति पत्नीले एउटै भाँडोबाट नुहाउन जायज छ ।
महिनावारी भएकी महिलासँग योनिमार्गीय सम्भोगबाहेक अन्य शारीरिक सम्पर्कका क्रियाकलापहरू गर्न सकिन्छ, किनभने उनको शरीर त पवित्र नै हुन्छ।
महिनावारी भएकी महिलाले सम्भोगबाहेक अन्य शारीरिक सम्पर्कका क्रियाकलापहरू गर्दा आफ्नो गुप्तांगमा कपडा बाँधेर बस्नु पुण्यकारी हो।
हराम (वर्जित) कार्यहरूमा पर्नुबाट जोगिनको लागि उपायहरू अपनाउनु पर्छ ।
महिनावारी भएकी महिलालाई मस्जिदमा बस्न अनुमति छैन।
महिनावारी भएकी महिलाले भिजेका र सुक्खा वस्तुहरू छुन सक्छिन्, जस्तै कपाल धुनु र कैंयोले कपाल मिलाउनु आदि। (अर्थात् महिनावारीको समयमा महिलालाई सामान्य दैनिक कार्यहरू गर्न कुनै प्रतिबन्ध हुँदैन।)
यसबाट आफ्नो परिवारप्रति नबी (सल्लल्लाहु अलैहि वसल्लम) को राम्रो व्यवहार स्पष्ट हुन्छ।

Attribution
[मुत्तफकुन अलैहि]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares