افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#3410[सही]
HadeethEnc · 1.59.0

”हे काका, तपाईं 'ला इलाहा इल्लाल्लाह' भन्नुहोस्, म अल्लाहको दरबारमा यसलाई तपाईको लागि प्रमाणको रूपमा पेश गर्नेछु ।

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

सईद बिन मुसैयबले आफ्नो बुबाबाट बयान गरेका छन्, उनले भन्नुहुन्छ : जब अबु तालिबको मृत्युको समय नजिक आयो, तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) उनीकहाँ जानुभयो । त्यहाँ अबु जहल र अब्दुल्लाह बिन अबु उमैया बिन मुगिरा पहिलादेखि उपस्थित थिए । उहाँले अबु तालिब सगँ भन्नुभयो: ”हे काका, तपाईं 'ला इलाहा इल्लाल्लाह' भन्नुहोस्, म अल्लाहको दरबारमा यसलाई तपाईको लागि प्रमाणको रूपमा पेश गर्नेछु ।" यो सुनेर अबु जहल र अब्दुल्लाह बिन अबु उमैयाले भने: के तपाईं अब्दुल मुत्तलिबको धर्मलाई छोड्नु हुन्छ? नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बारम्बार कल्मा (ला इलाहा इल्लाल्लाह) पढ्न अनुरोध गरिरहनु भयो र यी दुवैले उनलाई रोक्न खोजिरहे । अन्ततः अबु तालिबले म अब्दुल मुतालिबको धर्ममा अडिग रहनेछु भनेर घोषणा गरे र ‘ला इलाह इल्लल्लाह’ लाई भन्न अस्वीकार गर्नुभयो। हदीस वाचकले भन्छन्: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले (काकाको जवाफ सुनेर) भन्नुभयो: "अल्लाहको कसम मलाई मनाही नगरिएसम्म म तपाईंको लागि क्षमा माग्नेछु।” तब अल्लाहले यो आयत अवतरण गर्नुभयो: “नबी र आस्थावानहरूले बहुदेववादीहरूका लागि क्षमा माग्नु उपयुक्त छैन,चाहे तिनीहरू आफ्ना नजिकका आफन्त नै किन नहुन् ।” [अत-तौबा: ११३], र अल्लाहले अबु तालिबको बारेमा यो आयत अवतरण गर्नुभयो: “तिमी जसलाई माया गर्छौ, उसलाई मार्गदर्शन गर्न सक्दैनौ, तर अल्लाह जसलाई चाहनुहुन्छ मार्गदर्शन गर्नुहुन्छ ।” [अल कसस: ५६]
02

Explanation

जब अबु तालिबको मृत्युको समय नजिक आयो, तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) उनीकहाँ जानुभयो र उनलाई भन्नुभयो: हे काका, तपाईं 'ला इलाहा इल्लाल्लाह' भन्नुहोस्, म यही वचनको आधारमा अल्लाहको सामु तपाईंको लागि गवाही दिनेछु । यो सुनेर अबु जहल र अब्दुल्लाह बिन अबु उमैयाले भने: अबु तालिब ! के तपाईंले आफ्नो बुबा अब्दुल मुत्तलिबको धर्म छोड्नुहुन्छ? त्यो धर्म वास्तवमा मूर्तिपूजाको धर्म थियो । ती दुवैले उहाँलाई बारम्बार सोही कुरा भनिरहे, यहाँसम्म कि उहाँको अन्तिम वचन: "म अब्दुल मुत्तलिबको धर्मको अनुसरण गर्दै यो संसार छोड्दैछु" थियो । अर्थात्, उहाँले शिर्क र मूर्तिपूजक धर्ममै रहदाँ प्राण त्याग गर्नुभयो। । यो सुनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: मेरो प्रभुले मलाई मनाही नगरेसम्म म तपाईंको लागि माफी मागिरहनेछु । तसर्थ, यो आयत अवतरित भएको थियो: “बहुदेववादीहरू नरकबासी हुन् भन्ने कुरा स्पष्ट भएपछि नबी तथा आस्थावानहरूले तिनीहरूको लागि क्षमाको माग्नु उपयुक्त हुँदैन, चाहे तिनीहरू उनका नातेदार नै किन नहुन् ।" [अत-तौबा: ११३] त्यसैगरी अबु तालिबको बारेमा पनि आयत अवतरित भयो, अल्लाहले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सम्बोध गर्दै भन्नुहुन्छ : “तिमी जसलाई माया गर्छौ, उसलाई मार्गदर्शन गर्न सक्दैनौ, तर अल्लाह जसलाई चाहनुहुन्छ मार्गदर्शन गर्नुहुन्छ र उहाँले मार्गदर्शन पाउनेहरूलाई राम्ररी जान्नुहुन्छ ।” [अल कसस: ५६] अर्थात् तिमी जसलाई माया गर्छौ, उसलाई मार्गदर्शन गर्न सक्दैनौ । तिम्रो काम केवल सन्देश पुर्‍याउनु हो। अल्लाहले जसलाई चाहनुहुन्छ सत्यको मार्गमा डोऱ्याउनुहुन्छ ।
03

Benefits

मुश्रिक (बहुदेववादी) हरूका लागि क्षमा याचना गर्न निषेध गरिएको छ, उनीहरूको नाता, कर्म वा परोपकार जतिसुकै ठूलो भए पनि ।
बाजे-बुबा र पुर्खाहरूको झुटा र अवैध मान्यताहरूको अन्धो अनुकरण गर्नु इस्लाम पूर्वका मानिसहरूको काम हो ।
यसबाट नबी (सल्लल्लाहु अलैहि वसल्लम) को अपार दया र मानवजातिलाई सत्यधर्मतर्फ आह्वान तथा मार्गदर्शन गर्न उहाँको उत्कट इच्छा देखिन्छ।
यसमा अबु तालिबले इस्लाम ग्रहण गरेको दाबी गर्नेहरूको खण्डन छ ।
“कर्महरूको मूल्याङ्कन तिनको अन्तिम अवस्थाको आधारमा गरिन्छ।”
यसबाट नबी (सल्लल्लाहु अलैहि वसल्लम) वा अन्य व्यक्तिहरूमाथि लाभ प्राप्त गर्न वा हानि हटाउनका लागि आश्रित हुनुको अमान्यता स्पष्ट हुन्छ ।
जसले ज्ञान, दृढ विश्वास र आस्थाका साथ "ला इलाह इल्लल्लाह" अर्थात "अल्लाह बाहेक कोही पूज्य छैन" गवाही दिन्छ ऊ इस्लाममा प्रवेश गर्दछ ।
दुष्ट र खराब साथीहरू मानिसका लागि हानिकारक हुन्छन्।
यसबाट स्पष्ट हुन्छ कि "ला इलाह इल्लल्लाह" को अर्थ: मूर्तिहरू, संतहरू र धर्मी मानिसहरूको पूजा त्याग्नु र केवल अल्लाहको उपासना गर्नु हो । र बहुदेववादीहरूलाई यसको अर्थ थाहा थियो ।
मुश्रिक (बहुदेववादी) रोगीलाई इस्लामको निमन्त्रणा दिने उद्देश्यले भेट्न अनुमति छ ।
सत्य मार्गमा डोर्‍याउने शक्ति केवल अल्लाहसँग मात्र छ, जसको कोही साझेदार छैन। रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को जिम्मेवारी केवल मार्गदर्शन गर्ने, सल्लाह र निर्देशन दिने र सन्देश पुर्‍याउने मात्र हो।

Attribution

[मुत्तफकुन अलैहि]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...