वास्तवमा, मुनाफिक (पाखंडी) हरूका लागि सबैभन्दा कठिन नमाज ईशा र फजरका नमाज हुन् । यदि तिनीहरूले यी नमाजहरूको महत्व थाहा पाएको भए घस्रेर भए पनि (मस्जिद) आउने थिए
Choose an available translation of this Hadeeth
Hadeeth text
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "वास्तवमा, मुनाफिक (पाखंडी) हरूका लागि सबैभन्दा कठिन नमाज ईशा र फजरका नमाज हुन् । यदि तिनीहरूले यी नमाजहरूको महत्व थाहा पाएको भए घस्रेर भए पनि (मस्जिद) आउने थिए । मैले (एक पटक) संकल्प गरेको थिएँ कि एक जना लाई अजान दिन र अर्को एकजनालाई नमाज पढाउन आदेश दिउँ र आफैं दाउरा बोकेका केही केटाहरू साथमा लिएर नमाजका लागि (मस्जिद) नआएका मानिसहरूको घरमा आगो लगाउन हुकुम दिउँ।”
Explanation
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक पटक नमाज कायम गर्न र आफ्नो स्थानमा कसैलाई नमाज पढाउन आदेश दिने निर्णय गर्नुभएको थियो । त्यसपछि केही मानिसहरूका साथमा दाउरा बोकेर नमाजमा नआएका मानिसहरूको घरमा आगो लगाउन निर्णय गर्नुभएको थियो । किनभने जमातका साथ नमाज नपढ़नु धेरै ठूलो अपराध हो । तर उहाँले त्यसो गर्नुभएन, किनकि घरहरूमा निर्दोष महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरू हुन्छन्, जसको कुनै अपराध छैन ।
Benefits
पाखण्डीहरू देखाउन र प्रख्यात हुनका लागि मात्र उपासना गर्छन् । त्यसैले मानिसहरुले देख्ने समयमा मात्र मस्जिद जान्छन् ।
जमातका साथ इशा र फजरको नमाज पढ्नुमा ठूलो पुण्य छ र यी दुई नमाजमा मानिस घुँडा टेकेर हिँड्नु परे पनि आउनु पर्छ ।
ईशा र फजरको नमाजको पालना गर्नु भनेको पाखंडबाट सुरक्षाको प्रमाण हो र यी दुई नमाजमा नआउनु मुनाफिक/पाखण्डीको लक्षण हो ।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

