हे अब्बास! हे अल्लाहका रसूलका काका! अल्लाहसँग यस संसार र परलोक दुवैमा सुरक्षा र कल्याणको लागि प्रार्थना गर्नुहोस्।
Choose an available translation of this Hadeeth
Hadeeth text
अब्बास बिन अब्दुल मुत्तलिब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले भने: "हे अल्लाहका रसूल! मलाई यस्तो कुनै कुरा सिकाइदिनुहोस्, जुन म अल्लाहसँग माग्न सकूँ।" उहाँले जवाफ दिनुभयो: "अल्लाहसँग सुरक्षा र कल्याण (आफियत) को याचना गर्नुहोस्।"
त्यसपछि म केही दिन पर्खिए र पुनः उपस्थित भई भने: "हे अल्लाहका रसूल! मलाई यस्तो कुनै कुरा सिकाइदिनुहोस्, जुन म अल्लाहसँग माग्न सकूँ।" तब उहाँले भन्नुभयो: "हे अब्बास! हे अल्लाहका रसूलका काका! अल्लाहसँग यस संसार र परलोक दुवैमा सुरक्षा र कल्याणको लागि प्रार्थना गर्नुहोस्।"
Explanation
अब्बास (रजियल्लाहु अन्हु) भन्नुहुन्छ: 'केही दिनको अन्तरालपछि म पुनः नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ गएँ र अल्लाहसँग माग्नका लागि अर्को कुनै दुआ सिकाइदिन अनुरोध गरेँ।'
त्यसबेला नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उहाँलाई अत्यन्त मायाका साथ सम्बोधन गर्दै भन्नुभयो: “हे अब्बास! हे अल्लाहका रसूलका काका! संसार र आखिरतमा हुने हरेक हानिबाट बच्न र सम्पूर्ण लाभ र कल्याण प्राप्त गर्न अल्लाहसँग केवल ‘आफियत’ (पूर्ण सुरक्षा, आरोग्यता र हिफाजत) माग्नु।
Benefits
यसमा ‘आफियत’ (कल्याण र सुरक्षा) को श्रेष्ठता र यसभित्र दुनियाँ तथा आखिरत दुवैको सम्पूर्ण भलाइ रहेको कुराको स्पष्ट वर्णन गरिएको छ।
सहाबा (रजियल्लाहु अन्हुम) हरू ज्ञान र भलाइका कुराहरू जान्न उत्सुक हुन्थे ।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

