افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#10603[सही]
HadeethEnc · 1.59.0

कुनै पनि महिलाले दुई दिनको दूरीको यात्रा श्रीमान् वा महरम

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, (उनी १२ वटा युद्धमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा थिए) उनले भने : मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट चारवटा कुरा सुनेको छु, जुन मलाई धेरै मन पर्छ, उहाँले भन्नुभएको छ : कुनै पनि महिलाले दुई दिनको दूरीको यात्रा श्रीमान् वा महरम (विवाह गर्न नमिल्ने पुरुष नातेदार) बिना गर्नु हुँदैन।
त्यसैगरी, ईद-उल-फित्र र ईद-उल-अज्हाको दिन रोजा(उपवास) बस्न निषेध गरिएको छ।
यसका साथै, फज्रको नमाजपछि सूर्योदय नभएसम्म र अस्रको नमाजपछि सूर्यास्त नभएसम्म कुनै पनि अतिरिक्त नमाज पढ्नु हुँदैन।
धार्मिक यात्रा केवल निम्न तीन मस्जिदहरूको लागि मात्र गर्न सकिन्छ: मस्जिद अल-हराम (मक्का), मस्जिद अल-अक्सा, र मेरो यो मस्जिद (मस्जिद अन-नबवी, मदिना)।
02

Explanation

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले चारवटा कुरालाई निषेध गर्नुभएको छ:

१) महिलालाई पति वा महरम बिना एक्लै दुई दिनको दुरीको यात्रा गर्न निषेध गरिएको छ । महरम भनेको त्यो आफन्त हो जो सँग विवाह गर्न सधैँको लागि निषेध गरिएको छ, जस्तै : छोरा, बुवा, भतिजा, भान्जा (बाहिनीको छोरा), काका, मामा, आदि ।

२) ईदुल-फित्र र ईदुल अजहाको दिन रोजा राख्न निषेध गरिएको छ, चाहे त्यो नज्र (भाकल) को रोजा होस्, स्वैच्छिक (नफ्लि) रोजा होस् वा कफ्फारह (प्रायश्चित) को रोजा होस् ।

३) अस्रको नमाजपछि सूर्यास्तसम्म र फजरको नमाजपछि सूर्योदयसम्म स्वैच्छिक (नफिल) नमाज पढ्न निषेध गरिएको छ ।

४) हदीसमा उल्लिखित तीन मस्जिदहरूबाहेक अन्य कुनै पनि स्थानमा विशेष पुण्य प्राप्त हुने वा नमाजको प्रतिफल मा वृद्धि हुने विश्वासका साथ यात्रा गर्नु निषेध गरिएको छ। तसर्थ, यी तीन मस्जिद बाहेक अन्य कुनै पनि ठाउँमा नमाज पढ्ने मनसायले यात्रा गर्न अनुमति छैन ।
किनकि नमाजको प्रतिफल मा वृद्धि हुने कुरा यी तीन मस्जिदहरूमा मात्र मान्य छ — मस्जिद अल-हराम, मस्जिदुन नबवी, र मस्जिद अल-अक्सा।
03

Benefits

महिलालाई महरम बिना यात्रा गर्न अनुमति छैन ।
यात्रा गर्दा एक महिला अर्को महिलाको महरम बन्न सक्दैन; किनभने हदीसमा "पति वा उसको महरम" भनिएको छ ।
महिलालाई कुनै पनि प्रकारको भ्रमण (जसलाई साधारणतया 'यात्रा' भनिन्छ) मा महरमबिना जान निषेध गरिएको छ। यो हदीस प्रश्नकर्ताको अवस्था र उनको निवास स्थानअनुसार थियो।
महिलाको लागि महरम भन्नाले त्यो नजिकको आफन्तलाई जनाउँछ, जससँग विवाह स्थायी रूपमा निषेध गरिएको छ। यो सम्बन्ध हाडनाताको सम्बन्ध हुन सक्छ—जस्तै बुवा, छोरा, काका, मामा—वा ‘रिजाअत’ अर्थात् दूधको नाता द्वारा—जस्तै दुधे-बुवा वा दुधे-काका—वा विवाहको नाता द्वारा—जस्तै ससुरा (पतिको बुबा)। । महरम एक वयस्क, विवेकशील र विश्वसनीय मुस्लिम हुनुपर्छ, किनभने महरमको मुख्य उद्देश्य महिलाको सुरक्षा सुनिश्चित गर्नु, उसलाई जोगाउनु र उसको हेरचाह गर्नु हो ।
इस्लामिक कानूनले महिलाको सुरक्षा र सम्मानको रक्षा गर्न विशेष ध्यान दिएको छ।
फजर र अस्रको नमाज पछि नफिल (अतिरिक्त) नमाज पढ्न मनाही छ, तर छुटेको फर्ज र कारणवश पढ्नुपर्ने नमाज जस्तैः 'तहीयतुल-मस्जिद' (मस्जिदको अभिवादन) इत्यादि पढ्नु पर्छ ।
सूर्योदयसँगै तुरुन्तै नमाज पढ्न निषेध गरिएको छ। बरु सूर्य प्रायः भालाको लम्बाइ जत्तिकै माथि पुगेपछि, अर्थात् लगभग १०–१५ मिनेटपछि नमाज पढ्न सकिन्छ।
अस्र नमाजको समय सूर्यास्तसम्म लम्बिन्छ ।
यस हदीसमा मात्र तीन मस्जिदहरू तर्फ (पुण्य प्राप्त गर्ने उद्देश्यले) यात्रा गर्न अनुमति दिइएको छ।
यसबाट यी तीन मस्जिदहरूको विशेष सद्गुण र अन्य मस्जिदहरूको तुलनामा त्यसका श्रेष्ठता प्रष्ट हुन्छ।
कब्र (चिहान) को जियारत (भ्रमण) को निम्ति यात्रा गर्नु अनुमति छैन, चाहे नबी (सल्लल्लाहु अलैहि वसल्लम) को पवित्र कब्र नै किन नहोस्। तर, जो व्यक्ति मदीनामा छ वा कुनै वैधानिक कार्यले मदीनामा उपस्थित छ, उसको लागि उहाँको कब्रको जियारत गर्नु जायज छ।

Attribution

[मुत्तफकुन अलैहि]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...