जुन कुराले तिमीलाई शंकामा हाल्छ त्यो कुरा छोडेर त्यसलाई अपनाउनुपर्छ जसमा तिमी शंकामा पर्दैनौ । किनभने इमानदारी भनेको ढुक्क हुनु हो र झूट भनेको शंका हो।
अबू हौरा सअदी (रहिमहुल्लाह) द्वारा वर्णन छ: मैले हसन बिन अली (रजियल्लाहु अनहुमा) सित सोधेँ: तपाईँले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को के कुरा याद राख्नु भएको छ ? उहाँले भन्नुभयो : मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सित यो याद राखेको छु : "जुन कुराले त…

