प्रत्येक दुई अजान (अजान र इकामत) को बीचमा एक नमाज हुन्छ, प्रत्येक दुई अजान (अजान र इकामत) को बीचमा एक नमाज हुन्छ। त्यसपछि तेस्रो पटकमा उहाँले भन्नुभयो: 'यो उसको लागि हो जसले पढ्न चाहन्छ ।'
Choose an available translation of this Hadeeth
Hadeeth text
अब्दुल्लाह बिन मोगफ्फल (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "प्रत्येक दुई अजान (अजान र इकामत) को बीचमा एक नमाज हुन्छ, प्रत्येक दुई अजान (अजान र इकामत) को बीचमा एक नमाज हुन्छ। त्यसपछि तेस्रो पटकमा उहाँले भन्नुभयो: 'यो उसको लागि हो जसले पढ्न चाहन्छ ।'"
Explanation
Benefits
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना कुरालाई प्रायः दोहोर्याउनुहुन्थ्यो, ताकि श्रोताहरूले राम्ररी सुन्न सकून् र उक्त कुराप्रति ध्यानाकर्षण होस्।
‘दुई अजान’ भनेको को अजान र इकमत हो। यहाँ भाषागत शैलीका आधारमा दुवैलाई सामूहिक रूपमा ‘अजान’ भनिएको छ। यो त्यसरी नै हो, जसरी ‘कमरैन’ (दुई चन्द्रमा) शब्दले सूर्य र चन्द्रमालाई जनाउँछ, तथा ‘उमरैन’ (दुई उमर) शब्दले अबू बकर र उमर (रजी.) लाई सङ्केत गर्दछ।
अजान नमाजको समय प्रवेश भएको सूचनाका लागि हो, र इक़ामत नमाजको कार्य सुरु हुन लागेको सूचनाका लागि हो।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

