افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#65099[सही]
HadeethEnc · 1.59.0

अल्लाहले भन्नुभएको छ: मैले सलाह (नमाज) लाई म र मेरो भक्तको बीचमा आधा-आधा बाडेको छु र मेरो भक्तले जे मागेको छ त्यही पाउनेछ

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अबू हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "अल्लाहले भन्नुभएको छ: मैले सलाह (नमाज) लाई म र मेरो भक्तको बीचमा आधा-आधा बाडेको छु र मेरो भक्तले जे मागेको छ त्यही पाउनेछ । जब भक्तले {अल्हम्दु लिल्लाहि रब्बिल-आलमीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : मेरो भक्तले मेरो प्रशंसा गरेको छ । जब भक्तले {अर्रहमा निर्रहीम} भन्छ, तब अल्लाह भन्नुहुन्छ: मेरो भक्तलेे मेरो बढाई व्यक्त गरेको छ । जब भक्तले {मालिकि यौमिद्दीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : मेरो भक्तले मेरो महिमा गरेको छ र एक पटक उहाँले भन्नुभयो: मेरो भक्तले आफ्नो सबै मामिलाहरू मलाई सुम्पेको छ । जब भक्तले {इय्याक नाअ्बुदु व इय्याक नस्तईन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : यो म र मेरो भक्तको बीचमा छ र मेरो भक्तले जे मागेको छ त्यही पाउनेछ । त्यसैले जब भक्तले {इह्दि नस्सिरातल-मुस्तकीम, सिरातल्लजीन अन्अम्त अलैहिम गैरुल-मग्जूबि अलैहिम व लज्जाल्लीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : यो मेरो भक्तको लागि हो र मेरो भक्तले जे मागेको छ उसले त्यही पाउनेछ ।"
02

Explanation

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बयान गर्नुभएको छ, अल्लाहले हदीस कुदसीमा भन्नुभएको छ: मैले नमाजमा पढिने सूरह फातिहालाई म र मेरो भक्त बीच बाडेको छु । आधा मेरो लागि र आधा उसको लागि हो ।

पहिलो आधा भागमा अल्लाहको प्रशंसा र महिमाको वर्णन गरिएको छ, जसको लागि अल्लाहले भक्तलाई उत्तम इनाम दिनुहुन्छ ।

जबकि यसको दोस्रो भागमा बिन्ती र दुआ (प्रार्थना) समावेश छ, जुन अल्लाहले स्वीकार गर्नुहुन्छ र मानिसलाई उसले मागेको सबै चीजहरू प्रदान गर्नुहुन्छ ।

जब नमाज पढ्ने व्यक्तिले {अल्हम्दु लिल्लाहि रब्बिल-आलमीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : मेरो भक्तले मेरो प्रशंसा गरेको छ । जब भक्तले {अर्रहमा निर्रहीम} भन्छ, तब अल्लाह भन्नुहुन्छ: मेरो भक्तले मेरो प्रशंसा र कृतज्ञता व्यक्त गरेको छ र मैले सृष्टिप्रति गरेको उपकारलाई स्वीकार गरेको छ । जब भक्तले {मालिकि यौमिद्दीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : मेरो भक्तले मेरो महिमा गरेको छ, जुन ठूलो सम्मान हो ।

जब भक्तले {इय्याक नाअ्बुदु व इय्याक नस्तईन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : यो म र मेरो भक्त बीचको सम्बन्ध हो ।

यस आयतको पहिलो आधा "इयाक नाअ्बुदु" सम्म अल्लाहको लागि हो । वास्तवमा यसमा अल्लाह नै उपासना योग्य हुनुहुन्छ भन्ने कुराको घोषणा रहेको छ र पहिलो आधा यहीं समाप्त हुन्छ ।

जबकि यस आयतको दोस्रो भाग "व इयाक नस्तईन" सम्म हो, जुन भक्तको लागि हो, जसमा अल्लाहबाट सहायता मागिएको छ र उहाँले मद्दत गर्ने प्रतिज्ञा गर्नुभएको छ ।

त्यसैले जब भक्तले {इह्दि नस्सिरातल-मुस्तकीम*, सिरातल्लजीन अन्अम्मत अलैहिम, गैरुल-मग्जूबि अलैहिम व लज्जाल्लीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : मेरो भक्तले बिन्ती र दुआ गरेको छ, मेरो भक्तले जे मागेको छ उसले त्यही पाउनेछ र मैले उसको दुआ स्वीकार गरें ।"
03

Benefits

सुरा फातिहाको महत्व, किनभने अल्लाहले यसलाई ‘अस्-सलाह’ को नाम दिनुभएको छ ।
आफ्नो भक्तप्रति अल्लाहको कृपाको वर्णन, भक्तले उहाँको प्रशंसा गर्छ भनेर भक्तको प्रशंसा र भक्तले जे मागेको छ त्यो दिने वाचा गर्नुभएको छ ।
यस पवित्र सूरहमा अल्लाहको प्रशंसा, परलोकको उल्लेख, अल्लाहलाई बिन्ती, उहाँको मात्र उपासना गर्न आह्वान, सही मार्गदर्शन गर्न प्रार्थना र गलत मार्गहरूमा नलगाउन जस्ता विषयहरू समावेश छन् ।
यदि कुनै उपासकले सुरह फातिहा पढ्दा यो हदीस आफ्नो दिमागमा राख्छ भने प्रार्थनामा उसको खुशुअ (एकत्रित भई अल्लाह सामु नतमस्तक रहनु) बढ्छ ।

Attribution

[मुस्लिमले वर्णन गरेका छन्]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...