HadeethEnc · 1.59.0
नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले सूरहको अन्त्य र शुरुआत तबसम्म थाहा पाउनु भएन, जबसम्म उहाँमाथि 'बिसमिल्लाहिर रहमानिर रहीम' अवतरण भएन।
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, "नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले सूरहको अन्त्य र शुरुआत तबसम्म थाहा पाउनु भएन, जबसम्म उहाँमाथि 'बिसमिल्लाहिर रहमानिर रहीम' अवतरण भएन।"
02
Explanation
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अनहुमा)ले स्पष्ट पारेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) माथि कुर्आनका सूरहहरू अवतरित गरिन्थ्यो, तर उहाँलाई एउटा सूरहको अन्त्य र अर्को सूरहको शुरुआत भएको थाहा हुँदैनथ्यो, जबसम्म उहाँमाथि 'बिसमिल्लाहिर रहमानिर रहीम' अवतरण भएको थिएन। त्यस अवतरण पछि उहाँलाई अघिल्लो सूरह सकिएको र नयाँ सूरह शुरु भएको थाहा हुन थाल्यो।"
03
Benefits
सूरह "अन्फाल" र सूरह "तौबा" बाहेकका सूरहहरूमा "बिस्मिल्लाह" द्वारा अघिल्लो सूरह समाप्त भएको र नयाँ सूरह सुरु भएको थाहा पाइन्छ ।
Attribution
[अबू दाऊदले वर्णन गरेका छन्]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares

