افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#5927[सही]
HadeethEnc · 1.59.0

अल्लाहको कसम, जसको हातमा मेरो ज्यान छ, तिमीहरू निश्चित रूपमा आफूभन्दा अगाडिका मानिसहरूको बाटो र तरिका पछ्याउनेछौ।

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अबू वाकिद लैसी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) जब हुनैनको युद्धमा निस्कनुभयो, उहाँ एक रूखको नजिकबाट गुज्रनुभयो, जुन मूर्तिपूजकहरू लागि (श्रद्धा स्थल) थियो र जसलाई 'धात अनवात' भनिन्थ्यो।, जसमा तिनीहरूले आफ्ना हतियारहरू झुण्ड्याउने गर्थे । तब केही मानिसहरूले भने: हे अल्लाहको रसूल! तिनीहरूको ‘जात अन्वात’ जस्तै हाम्रो लागि पनि एउटा ‘जातु ल्अन्वात’ बनाइदिनु होस्। यो सुनेर उहाँले भन्नुभयो: "सुब्हानल्लाह (अल्लाह पवित्र हुनुहुन्छ)! यो त ठीक त्यही कुरा हो जुन मोसेस (अलैहिस्सलाम) को समुदायले भनेका थिए: {हाम्रो लागि पनि एउटा पुज्य बनाइदिनु होस् जसरी तिनीहरूका पुज्यहरू छन्} [सूरह अल-अराफ: १३८]। अल्लाहको कसम, जसको हातमा मेरो ज्यान छ, तिमीहरू निश्चित रूपमा आफूभन्दा अगाडिका मानिसहरूको बाटो र तरिका पछ्याउनेछौ।"
02

Explanation

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हुनैनको लागि निस्कनुभयो, जुन ताएफ र मक्का बीचको एक उपत्यका हो, र उहाँसँग भर्खरै इस्लाम धर्म स्वीकार गरेका केही सहाबाहरू थिए । उनीहरू ‘जातु ल्अन्वात’ भनिने रूखको स्थानबाट गुज्रे, जसलाई बहुदेववादीहरूले सम्मान गर्थे र बर्कत (आशीर्वाद) लिनको लागि त्यसमा आफ्ना हतियारहरू र अन्य वस्तुहरू झुण्ड्याउने गर्थे । यो देखेर उनीहरूले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई 'जातुल्-अन्वात' जस्तै एउटा रूख तोकिदिन अनुरोध गरे, ताकि उनीहरूले आशीर्वाद (बरकत) प्राप्त गर्ने उद्देश्यले आफ्ना हतियारहरू त्यसमा झुण्ड्याउन सकून्। वास्तवमा, उनीहरूले यो कार्यलाई वैध (जायज) ठानेरै अनुरोध गरेका थिए। त्यसैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले तिनीहरूको भनाइको निन्दा गर्दै र अल्लाहको महानताको वर्णन गर्दै, "सुब्हानल्लाह" भन्नुभयो र यो कथन मोसेसका समुदायको भनाइसँग मिल्दोजुल्दो छ भनेर बताउनुभयो: {हाम्रो लागि पनि एउटा देवता बनाउनुहोस् जसरी तिनीहरूका देवताहरू छन्} । जब तिनीहरूले मूर्तिहरूको पूजा गर्नेहरूलाई देखे, तिनीहरूले पनि मूर्तिपूजकहरू जस्तै आफ्ना लागि मूर्तिहरू बनाउन माग गरे, र यो तिनीहरूको शैली (मार्ग) को अनुसरण थियो। त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, मुस्लिमहरूले यहूदी र इसाईहरूको मार्ग पछ्याउनेछन् र उनीहरूजस्तै गर्नेछन् । उहाँको उद्देश्य यस्ता कार्यहरू विरुद्ध चेतावनी दिनु थियो ।
03

Benefits

मानिसले कहिलेकाहीँ कुनै कामलाई अल्लाहको नजिक पुग्ने उद्देश्यले राम्रो ठान्छ, तर वास्तवमा त्यसले उसलाई अल्लाहबाट टाढा लैजान्छ।
जब कुनै मुस्लिमले भन्न नहुने कुरा सुन्छ वा कुनै कुरामा अचम्मित हुन्छ, तब उसले "सुब्हानल्लाह" र "अल्लाहु अकबर" भन्नुपर्छ।
रुख, ढुङ्गा आदिबाट बर्कत (आशीर्वाद) माग्नु शिर्क (अल्लाहसँग अन्यलाई साझेदार बनाउनु) हो। आशीर्वाद अल्लाहसँग मात्र माग्नुपर्दछ।
मूर्तिहरू पूजा गर्नुको मूल कारण तिनीहरूप्रति सम्मान प्रदर्शन गर्नु, तिनीहरूको समीपमा निरन्तर उपस्थित रहनु र तिनीहरूमार्फत आशीर्वाद प्राप्त गर्ने विश्वास हो।
शिर्क तर्फ लैजाने ढोकाहरू र बाटाहरूलाई बन्द गर्नु अनिवार्य छ।
यहूदी र इसाईहरूको निन्दामा उल्लेखित पाठहरू वास्तवमा हाम्रो लागि चेतावनी हुन्।
जाहिलियतका मानिसहरू र यहूदी-क्रिस्चियनहरूको नक्कल गर्नु निषेध छ, जबसम्म त्यो कार्य इस्लाम धर्ममा समावेश छ भनी प्रमाणित हुँदैन।

Attribution

[तिर्मीजी र अहमदले वर्णन गरेका छन्]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...