HadeethEnc · 1.59.0
(सम्पत्तिको) निर्धारित हिस्साहरू त्यसका हकदारहरूलाई प्रदान गर, त्यसपछि बाँकी रहेको सम्पत्ति सबैभन्दा निकटतम पुरुष उत्तराधिकारीको हुन्छ।
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
इब्न अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेको छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "(सम्पत्तिको) निर्धारित हिस्साहरू त्यसका हकदारहरूलाई प्रदान गर, त्यसपछि बाँकी रहेको सम्पत्ति सबैभन्दा निकटतम पुरुष उत्तराधिकारीको हुन्छ।"
02
Explanation
नबी (सल्लल्लाहु अलैहि वसल्लम) सम्पत्ति बाँड्ने जिम्मेवारी पाएका व्यक्तिहरूलाई आदेश दिनुभएको छ, उनीहरूले अल्लाहको आदेश र शरीयतअनुसार न्यायपूर्ण तरिकाले बाँडफाँट गर्नुपर्छ। वारिस (सम्पत्तिको हकदार) हरूमध्ये जसका हकहरू कुरआनमा निश्चित गरिएका छन्, उनीहरूलाई तिनका निर्धारित भागहरू प्रदान गर्नुपर्छ—जस्तै: दुई-तिहाइ, एक-तिहाइ, एक-छैटौँ, आधा, एक-चौथाइ र एक-आठौँ भाग। यी निर्धारित भागहरू वितरण गरेपछि बाँकी रहेको सम्पत्ति, मृतकसँग सबैभन्दा नजिकको सम्बन्ध राख्ने पुरुष वारिसहरूलाई दिइन्छ र उनीहरूलाई "असबा" भनिन्छ।
03
Benefits
यो हदीस मृतकको सम्पत्ति बाँडफाँड (बिरासत) को आधारभूत नियम हो।
फराइज़ (वंशपरम्परागत भागबन्डा) को बाँडफाँट सुरुमा हकदार वारिसहरूबाट गर्नुपर्छ, अर्थात् जसको लागि अल्लाहले कुरआनमा निश्चित अंश तोकिदिनुभएको छ।
ती अंशहरू बाँडिसकेपछि बाँकी सम्पत्ति ‘असाबा’ अर्थात् नजिकका पुरुष वारिसहरूलाई दिइन्छ
बाँडफाँडको क्रममा नजिकका 'असाबा'लाई प्राथमिकता दिइन्छ; जस्तै, पिता जस्ता नजिकका 'असाबा' मौजुद छन् भने काका जस्ता टाढाका असाबालाई कुनै हिस्सा दिइँदैन।
यदि तोकिएका अंशहरूको बाँडफाँडले नै सारा सम्पति समाप्त भयो भने असाबाका लागि कुनै भाग हुने छैन।

Attribution
[मुत्तफकुन अलैहि]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares