ए बाबु! बिस्मिल्लाह पढ, आफ्नो दाहिने हातले खाऊ र आफ्नो अगाडिबाट खाऊ
Choose an available translation of this Hadeeth
Hadeeth text
उमर बिन अबू सलमह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, म एउटा बच्चा थिएँ र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को हेरचाहमा थिएँ । मेरो हात (खाँदै गर्दा) भाँडोमा यताउता घुमिरहेको थियो, त्यसैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई भन्नुभयो: " ए बाबु! बिस्मिल्लाह पढ, आफ्नो दाहिने हातले खाऊ र आफ्नो अगाडिबाट खाऊ ।" त्यसपछि म सधैं त्यही निर्देशन अनुसार खाना खाने गर्थें ।
Explanation
१) खाना खानुअघि बिस्मिल्लाह पढ्नु ।
२) दाहिने हातले खाना खानु ।
३) खाना आफ्नो सामु नजिक को भी भागबाट खानु ।
Benefits
बालबालिकालाई मर्यादित व्यवहार सिकाउनुपर्छ । विशेष गरी ती बच्चाहरूलाई जो तपाईंको हेरचाहमा छन् ।
बच्चाहरुलाई शिक्षा दिन र मर्यादित व्यवहार सिकाउनमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नम्रता र उदारता ।
खाना खाने एउटा मर्यादित व्यवहार भनेको मानिसले आफ्नो अगाडि तर्फ बाट खानुपर्छ । हो! यदि प्लेटमा विभिन्न प्रकारका खानेकुराहरू छन् भने भाँडाको कुनै पनि भागबाट लिन अनुमति छ ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का सहाबा (साथी) हरू उहाँद्वारा सिकाइएको आचरणलाई कडाईका साथ निरन्तर पालना गर्थे । यो उमर बिन अबू सलमाको कथनबाट प्रष्ट हुन्छः ‘त्यसपछि म सधैं यही निर्देशन अनुसार खाना खाइरहेँ’ ।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

