एक व्यक्तिले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे: "इस्लामको सबैभन्दा उत्तम कर्म कुन हो?" उहाँले जवाफ दिनुभयो: "खाना खुवाउनु र परिचित तथा अपरिचित सबैलाई सलाम (अभिवादन) गर्नु।
Choose an available translation of this Hadeeth
Hadeeth text
अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, एक व्यक्तिले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे: "इस्लामको सबैभन्दा उत्तम कर्म कुन हो?"
उहाँले जवाफ दिनुभयो: "खाना खुवाउनु र परिचित तथा अपरिचित सबैलाई सलाम (अभिवादन) गर्नु।"
Explanation
पहिलो: गरिबलाई पटकपटक खान खुवाउनु, जसमा सद्का, उपहार, पाहुना सत्कार र भोज सामेल हुन्छ। विशेषगरी अनिकाल र उच्च महँगीको समयमा खुवाउनुको ठूलो महत्व छ ।
दोस्रो: परिचित वा अपरिचित हरेक मुस्लिमलाई सलाम (अभिवादन) गर्नु ।
Benefits
सलाम गर्नु र खाना खुवाउनु इस्लामका उत्कृष्ट कार्यहरू हुन्; किनभने यसका छुट्टै सद्गुण छन् र मानिसहरूलाई सधैं यसको आवश्यकता हुन्छ ।
यी दुई गुणहरूले, वचन र कर्ममा परोपकारको संयोजन हुन्छ, जुन दया र परोपकारको उत्तम रूप हो ।
यी विशेषताहरू मुस्लिमहरूबीचको व्यवहारसँग सम्बन्धित छन् , भक्त र उसका परमेश्वर बीचको व्यवहारका लागि पनि केही विशेषताहरू रहेका छन्।
सलाम (अभिवादन) मा पहल गर्नु मुस्लिमहरूबीच मात्र सीमित छ, त्यसैले गैर-मुस्लिमहरूलाई अभिवादन गर्न पहल गर्नु हुँदैन ।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

