HadeethEnc · 1.59.0
वली (अभिभावक) बिना निकाह (विवाह) हुँदैन ।
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
अबू-मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "वली (अभिभावक) बिना निकाह (विवाह) हुँदैन ।"
02
Explanation
वली (अभिभावक) बिना निकाह सही हुँदैन भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सचेत गर्नु भएको छ । त्यसैले महिलाको लागि एक अभिभावक हुनु आवश्यक छ जसले उनको विवाह गराउनेछ ।
03
Benefits
विवाह मान्य हुनको लागि वली (अभिभावक) को सहभागिता अनिवार्य शर्त हो । यदि विवाह अभिभावकको अनुपस्थितिमा भएको हो वा महिलाले आफैंले विवाह गरेमा उसको विवाह मान्य हुने छैन ।
वली भन्नाले नातामा महिलाको सबैभन्दा नजिकको पुरुषलाई जनाउँछ । त्यसैले नजिकको वली हुँदाहुँदै टाढाको वलीले विवाह गराउन मिल्दैन ।
वली (अभिभावक) मा हुनुपर्ने शर्तहरू: मुकल्लफ हुनु (जिम्मेवार), पुरुष हुनु, निकाहका फाइदाहरू बुझ्ने उमेर पुगिसकेको वालिग साथै वली (अभिभावक) र संरक्षकत्वमा रहेको महिला एउटै धर्म मान्ने भएको हुनुपर्छ । जोसँग यी गुणहरू छैनन्, उ निकाह गराउने वली (अभिभावक) बन्न योग्य हुनेछैन ।

Attribution
[अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares