निश्चय नै धर्म सहज छ, र जो कोही पनि यसलाई कठोर रूपमा अपनाउन खोज्छ भने, धर्म उसमाथि भारी पर्नेछ। त्यसैले सधैं सही मार्गमा रह, सन्तुलन कायम राख, र खुशीको खबर प्राप्त गर।
Choose an available translation of this Hadeeth
Hadeeth text
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "निश्चय नै धर्म सहज छ, र जो कोही पनि यसलाई कठोर रूपमा अपनाउन खोज्छ भने, धर्म उसमाथि भारी पर्नेछ। त्यसैले सधैं सही मार्गमा रह, सन्तुलन कायम राख, र खुशीको खबर प्राप्त गर। साथै बिहान, साँझ र रातको केही पहरमा (उपासना र स्मरणको माध्यमबाट) आत्मिक र सांसारिक कुराहरूप्रति सहायता खोज।"
Explanation
त्यसैगरी नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले धेरै उपासना गर्न नसक्ने असमर्थ व्यक्तिलाई, थोरै भए पनि निरन्तर कर्म गर्न प्रोत्साहन दिँदै महान् प्रतिफलको शुभ समाचार सुनाउनुभएको छ। किनकि, यदि त्यो असमर्थता व्यक्तिको वशभन्दा बाहिरको परिस्थितिले सिर्जना गरेको हो भने, त्यसले उसले प्राप्त गर्ने पुण्य र प्रतिफलमा कुनै कमी ल्याउने छैन।
वास्तवमा, यो संसार आखिरत (परलोक) तर्फको यात्राका लागि एक अस्थायी बासस्थान र त्यहाँको लागि कर्म गर्ने ठाउँ भएकोले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उपासनालाई निरन्तर कायम राख्न सहयोग पुर्याउने तीनवटा ऊर्जादायक समयहरूमा उपासनाहरू गर्न आदेश दिनुभयो:
पहिलोः 'गदवह' — बिहानको प्रारम्भिक समयमा कर्म गर्नु, अर्थात् फज्रको नमाज र सूर्योदयको बीचको समयमा।
दोस्रोः रौहा— जवाल (मध्याह्न) पछि कर्म गर्नु।
तेस्रोः दुल्जा— सम्पूर्ण रात वा त्यसको केही भागमा कर्म गर्नु। रातको कर्म दिनको कर्मभन्दा बढी कष्टकर हुने भएकाले, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले "र केही भाग दुल्जाको" भन्दै यसको केही भागमा मात्र कर्म गर्न आदेश दिनुभएको छ।
Benefits
भक्तको दायित्व हो कि उसले आफ्नो सामर्थ्यअनुसार आदेशित कार्यको पालना गरोस्; जसमा न त कुनै लापरवाही होस्, न त अनावश्यक कठोरता।
उपासनाका लागि भक्तले शरीरमा ऊर्जा र उत्साह रहने समय छनोट गर्नु वाञ्छनीय हुन्छ। उक्त तीनै समयहरूमा शरीर उपासनाका लागि सबैभन्दा बढी सक्रिय र विश्रामपूर्ण अवस्थामा रहन्छ।
इब्न हजर अस्कलानी (रहिमहुल्लाह) ले भन्नुभएको छ: "मानौं नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कुनै गन्तव्यतर्फ गइरहेको यात्रीलाई सम्बोधन गर्दै यी तीन समयहरू यात्रीका लागि सबैभन्दा उत्तम र सहज हुन्छन् भन्ने कुरा बताउनुभएको छ। त्यसैले उहाँले उसलाई उसको ऊर्जा र जाँगर भएका समयहरू सदुपयोग गर्न ध्यानाकर्षण गराउनुभएको छ। किनकि यदि यात्रीले रात-दिन निरन्तर यात्रा गर्यो भने ऊ असक्त हुनेछ र बीचमै रोकिनेछ। तर यदि उसले यी ऊर्जावान समयहरूमा मात्र यात्रा गर्ने प्रयास गर्यो भने, कुनै कष्ट बिना निरन्तरता सम्भव हुनेछ।
इब्न हजर (रहिमहुल्लाह) ले भन्नुभएको छः यस हदीसमा शरीअतले प्रदान गरेको सहुलियत अपनाउनेतर्फ स्पष्ट संकेत गरिएको छ। किनकि सहुलियत र छुट उपलब्ध हुँदाहुँदै पनि पुर्ण रूपमा कर्म गर्न प्रयास गर्नु कठोरता र अतिवाद हो। यसको उदाहरण पानी प्रयोग गर्न असमर्थ भएको अवस्थामा तयम्मुमलाई त्यागी जबरजस्ती पानीको प्रयोग गर्नु हो, जसको परिणामस्वरूप अन्ततः हानि र क्षति उत्पन्न हुन्छ।
इब्नुल-मुनीरले भनेका छन्: "यो हदीस नबी (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका सच्चा रसूल हुनुहुन्छ भन्ने कुराको एक प्रमाण हो। हामी र हामीभन्दा अघिका मानिसहरूले देखेका छौं कि जसले धर्मको कर्महरूमा अतिशयोक्ति (अनावश्यक कडाइ) गर्छ, ऊ अन्ततः थाक्छ र मार्गबाट विचलित हुन पुग्छ। यसको अर्थ उपासना गर्नुप्रति पूर्णता र उत्कृष्टताको खोजी गर्नबाट रोक्नु होइन—किनकि त्यो त प्रशंसनीय कार्य हो—बरु, यसको उद्देश्य यस्तो अतिवादबाट रोक्नु हो जसले मानिसमा दिक्दारी वा थकान निम्त्याउँछ। जस्तै, नफ्ल (स्वैच्छिक) कर्ममा यस्तो अति गर्नु जसले गर्दा त्योभन्दा उत्तम कार्य छुट्न जाओस् वा फर्ज (अनिवार्य) कर्मको समय समाप्त होस्। उदाहरणका लागि, कसैले रातभर नमाज पढेर बितायो, तर अन्ततः निद्राको कारण फजरको नमाज जमाअतमा पढ्न सकेन वा सूर्योदयपछि मात्र ब्युँझियो, जब फजर नमाजको समय नै सक्कीसकेको हुन्छ।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

