HadeethEnc · 1.59.0
(यदि कसैले उपहार स्वरूप दिएमा) रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अत्तर (सुगन्ध) लाई कहिल्यै पनि अस्वीकार गर्नु हुन्थेन।
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, (यदि कसैले उपहार स्वरूप दिएमा) रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अत्तर (सुगन्ध) लाई कहिल्यै पनि अस्वीकार गर्नु हुन्थेन।
02
Explanation
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को बानी के थियो भने उहाँले सुगन्धलाई अस्वीकार गर्नु हुन्थिएन। कसैले सुगन्ध दियो भने स्वीकार गर्नुहुन्थ्यो, किनकि यो सँगै राख्न सजिलो हुन्छ र मिठो बास्ना आउँछ ।
03
Benefits
अत्तर (सुगन्ध) को उपहार स्वीकार गर्नु मुस्तहब हो । किनकि यसलाई सँगै राख्न कुनै अप्ठ्यारो हुँदैन र स्वीकार गरेर कसै को कृतज्ञताको भार वहन गर्नुपर्दैन ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कहिल्यै पनि अत्तर अस्वीकार गर्नुभएन र उहाँ उपहार स्वीकार गर्नुहुन्थ्यो । यो उहाँको असल चरित्र र व्यवहार एक उदाहरण मात्र हो ।
अत्तर (सुगन्ध) प्रयोग गर्न प्रोत्साहन ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कहिल्यै पनि अत्तर अस्वीकार गर्नुभएन र उहाँ उपहार स्वीकार गर्नुहुन्थ्यो । यो उहाँको असल चरित्र र व्यवहार एक उदाहरण मात्र हो ।
अत्तर (सुगन्ध) प्रयोग गर्न प्रोत्साहन ।
Attribution
[बुखारीले वर्णन गरेका छन्]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares

