HadeethEnc · 1.59.0
दुआ (प्रार्थना) नै उपासना हो
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
नोअ्मान बिन बशीर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो: "दुआ (प्रार्थना) नै उपासना हो ।" त्यसपछि उहाँले यो श्लोक पढ्नुभयो : "तिम्रो प्रभुले भन्नुभएको छ: मलाई पुकार, म तिम्रो प्रार्थना स्वीकार गर्नेछु । निस्सन्देह, मेरो उपासनादेखि विमुख हुनेहरू चाँडै अपमानित हुनेछन् र नरकमा प्रवेश गर्नेछन् ।" [सूह गाफिर: ६०]
02
Explanation
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दुआ (प्रार्थना) उपासना हो भनेर भन्नु भएको छ । तसर्थ, दुआ (प्रार्थना) केवल अल्लाहको लागि हुनुपर्छ । चाहे त्यो सामान्य दुआ (प्रार्थना) होस्, जस्तैः अल्लाहसँग संसार र परलोकमा भएभरको लाभदायक कुराको लागि प्रार्थना गर्नु तथा हानिकारक चीजबाट सुरक्षा खोज्नु । वा उपासनामा आधारित प्रार्थना होस्, जस्तैः अल्लाहले मनपराउने हरेक बाह्य तथा आन्तरिक वाचन, कर्महरू; यसमा आध्यात्मिक, भौतिक र आर्थिक सबै उपासनाहरू समावेश छन् ।
तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यसको प्रमाण प्रस्तुत गर्दै भन्नुभयो: अल्लाह भन्नुहुन्छ: "मसँग प्रार्थना गर, म तिम्रो प्रार्थना स्वीकार गर्नेछु । निस्सन्देह, जसले मेरो उपासना गर्दैन, तिनीहरू छिट्टै अपमानित हुन्छन् र नरकमा प्रवेश गर्नेछन् ।"

03
Benefits
दुआ उपासनाको मुख्य रूप हो, त्यसैले अल्लाह बाहेक अरू कसैसित दुआ माग्नु अनुमति छैन ।
दुआमा दासताको वास्तविकता, अल्लाह निरपेक्ष र शक्तिशाली हुनुहुन्छ भन्ने कुराको पहिचान र उहाँप्रति सेवकको समर्पण समावेश छ ।
अल्लाहको उपासना र उहाँसंग प्रार्थना नगर्ने अहंकारीहरूका लागि कडा चेतावनी । तिनीहरु अपमानित भएर नर्कमा प्रवेश गर्नेछन् ।

Attribution
[अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares