HadeethEnc · 1.59.0
अल्लाहले जसलाई जनताको सेवा गर्ने जिम्मेवारी सुम्पिनु हुन्छ र उसले आफ्नो प्रजालाई धोका दिइरहेको अवस्थामा जब ऊ मर्छ, अल्लाहले उसको लागि स्वर्ग निषेध गर्नुहुन्छ ।
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
मालिक बिन यासर मुजनी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहले जसलाई जनताको सेवा गर्ने जिम्मेवारी सुम्पिनु हुन्छ र उसले आफ्नो प्रजालाई धोका दिइरहेको अवस्थामा जब ऊ मर्छ, अल्लाहले उसको लागि स्वर्ग निषेध गर्नुहुन्छ ।"
02
Explanation
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, प्रत्येक व्यक्ति जसलाई अल्लाहले शासकको रूपमा नियुक्त गर्नुभएको छ र जसलाई मातहतको जिम्मेवारी दिइएको छ, चाहे यो एक राजा जस्तै सरकारी जिम्मेवारी होस् वा घरमा पुरुष वा महिला जस्तै विशेष जिम्मेवारी होस् । यदि उनीहरुले आफ्नो प्रजा र मातहतमा रहेकाहरूको सांसारिक र धार्मिक अधिकारलाई बेवास्ता गर्छन् र धोका दिन्छन् भने तिनीहरु यो कठोर सजायका पात्र हुन् ।
03
Benefits
यो चेतावनी इस्लामिक राज्यको सर्वोच्च शासक र तिनका प्रतिनिधिहरूका लागि मात्र होइन, बरू, जिम्मेवारी सुम्पिएको प्रत्येक व्यक्ति र हाकिमहरू यसमा समावेश छन् ।
मुस्लिमप्रति कुनै पनि उत्तरदायित्व सम्हाल्ने प्रत्येक व्यक्तिले आफ्नो जनताप्रति इमान्दार हुनुपर्छ, उनीहरुको भलो गर्नुपर्छ र विश्वासघातबाट सावधान रहनुपर्छ ।
सार्वजनिक वा निजी, ठूलो वा सानो कुनै पनि जिम्मेवारी वहन गर्ने व्यक्तिको जिम्मेवारीको महत्त्व ।
मुस्लिमप्रति कुनै पनि उत्तरदायित्व सम्हाल्ने प्रत्येक व्यक्तिले आफ्नो जनताप्रति इमान्दार हुनुपर्छ, उनीहरुको भलो गर्नुपर्छ र विश्वासघातबाट सावधान रहनुपर्छ ।
सार्वजनिक वा निजी, ठूलो वा सानो कुनै पनि जिम्मेवारी वहन गर्ने व्यक्तिको जिम्मेवारीको महत्त्व ।
Attribution
[मुत्तफकुन अलैहि]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares

