HadeethEnc · 1.59.0
हे अल्लाह! जसलाई मेरो उम्मतको कुनै जिम्मेवारी सुम्पिएको छ र ऊ तिनीहरूलाई कठिनाइमा पार्छ भने तपाईं पनि उनीप्रति कठोर हुनुहोस् र जसलाई मेरो उम्मतको कुनै मामिला सुम्पिएको छ र उनीहरूसँग नरम व्यवहार गर्छ भने तपाईं उससँग नम्र हुनुहोस् ।
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन्, "मैले मेरो यो घरमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई यसो भन्दै गरेको सुनें": "हे अल्लाह! जसलाई मेरो उम्मतको कुनै जिम्मेवारी सुम्पिएको छ र ऊ तिनीहरूलाई कठिनाइमा पार्छ भने तपाईं पनि उनीप्रति कठोर हुनुहोस् र जसलाई मेरो उम्मतको कुनै मामिला सुम्पिएको छ र उनीहरूसँग नरम व्यवहार गर्छ भने तपाईं उससँग नम्र हुनुहोस् ।"
02
Explanation
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हरेक त्यस्ता हाकिमहरूलाई अल्लाहले कष्ट दिऊन् भनेर श्राप दिनुभएको छ, जसले मुस्लिमहरूको कुनै जिम्मेवारी लिन्छ, चाहे त्यो सानो होस् वा ठूलो, सामान्य होस् वा विशेष, तर ऊ मानिसहरूसँग दयालु व्यवहार गर्नुको सट्टा तिनीहरूमाथि अन्याय गर्छन् र तिनीहरुलाई समस्यामा पार्छन्, ताकि कर्मको प्रतिफल कार्यको प्रकृति अनुसार होस् ।
जिम्मेवारी पाएपछि, मानिसहरूसंग दयालु व्यवहार गर्ने र तिनीहरूको जीविका सजिलो बनाउनेलाई अल्लाहले दयालु व्यवहार गरुन् र उसको कामलाई सजिलो बनाउन् भनेर प्रार्थना गर्नुभएको छ ।
जिम्मेवारी पाएपछि, मानिसहरूसंग दयालु व्यवहार गर्ने र तिनीहरूको जीविका सजिलो बनाउनेलाई अल्लाहले दयालु व्यवहार गरुन् र उसको कामलाई सजिलो बनाउन् भनेर प्रार्थना गर्नुभएको छ ।
03
Benefits
मुस्लिमहरूको कुनै पनि जिम्मेवारी वहन गर्ने व्यक्तिले सकेसम्म आफ्नो मातहतमा रहेका प्रजासँग नम्र व्यवहार गर्नु अनिवार्य छ ।
मानिसलाई उसको कर्मको प्रकृति अनुसार पुरस्कृत गरिन्छ ।
नम्रता र कठोरताको मापदण्ड कुर्आन र हदीसले निर्देश गरे अनुसार मात्र मान्य हुन्छ ।
मानिसलाई उसको कर्मको प्रकृति अनुसार पुरस्कृत गरिन्छ ।
नम्रता र कठोरताको मापदण्ड कुर्आन र हदीसले निर्देश गरे अनुसार मात्र मान्य हुन्छ ।
Attribution
[मुस्लिमले वर्णन गरेका छन्]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares