افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#5141[सही]
HadeethEnc · 1.59.0

नबी (सल्लल्लाहु अलैहि वसल्लम) दुःख पर्दा भन्नुहुन्थ्यो: "ला इलाह इल-लल्लाहुल-अजीमुल हलीम, ला इलाह इल-लल्लाहुल-रब्बुल-अर्शिल-अजीम, ला इलाह इल-लल्लाहु रब्बुस्समावाति व रब्बुल-अर्जि़ व रब्बुल-अर्शिल-करीम।" अर्थ: "अल्लाह बाहेक कोही सत्य पूज्य छैन, जो महान र सहनशील हुनुहुन्छ। अल्लाह बाहेक कोही सत्य पूज्य छैन, जो महान अर्श (सिंहासन) का मालिक हुनुहुन्छ। अल्लाह बाहेक कोही सत्य पूज्य छैन, जो आकाशहरूका मालिक, पृथ्वीका मालिक र सम्मानित अर्शका मालिक हुनुहुन्छ।

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्ः नबी (सल्लल्लाहु अलैहि वसल्लम) दुःख पर्दा भन्नुहुन्थ्यो: "ला इलाह इल-लल्लाहुल-अजीमुल हलीम, ला इलाह इल-लल्लाहुल-रब्बुल-अर्शिल-अजीम, ला इलाह इल-लल्लाहु रब्बुस्समावाति व रब्बुल-अर्जि़ व रब्बुल-अर्शिल-करीम।" अर्थ: "अल्लाह बाहेक कोही सत्य पूज्य छैन, जो महान र सहनशील हुनुहुन्छ। अल्लाह बाहेक कोही सत्य पूज्य छैन, जो महान अर्श (सिंहासन) का मालिक हुनुहुन्छ। अल्लाह बाहेक कोही सत्य पूज्य छैन, जो आकाशहरूका मालिक, पृथ्वीका मालिक र सम्मानित अर्शका मालिक हुनुहुन्छ।"
02

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ठूलो संकट र कष्टको समयमा यो दुआ पढ्नुहुन्थ्यो: "ला इलाहा इल्लल्लाह" (अल्लाहबाहेक कुनै सत्य पूज्य छैन।) "अल-अज़ीम" (जो आफ्नो अस्तित्व, गुण र कार्यहरूमा परम महान् हुनुहुन्छ।) "अल-हलीम" (जो अवज्ञाकारी दासलाई तत्काल दण्ड दिनुहुन्न, बरु अवकाश दिनुहुन्छ र कहिलेकाहीँ सर्वथा क्षमा पनि गर्नुहुन्छ, जबकि उहाँ दण्ड दिन पूर्णतः समर्थ हुनुहुन्छ, किनकि उहाँ सर्वशक्तिमान् हुनुहुन्छ।) "ला इलाह इल-लल्लाहुल-रब्बुल-अर्शल-अजीम" (अल्लाह बाहेक अरू कुनै सत्य पूजनीय छैन, जो महान् अर्शका स्वामी हुनुहुन्छ), "ला इलाह इल-लल्लाहु रब्बुस्समावाति व रब्बुल-अर्जि़" (आकाशहरू, पृथ्वी, र तिनीहरूभित्र भएका सम्पूर्ण चीजहरूको सृष्टिकर्ता, मालिक, व्यवस्थापक र तिनलाई आफ्नो इच्छा अनुसार चलाउने हुनुहुन्छ), "रब्बुल-अर्शिल-करीम" (भव्य अर्श(सिंहासन)का स्वामी हुनुहुन्छ)।
03

Benefits

विपत्ति र संकट आइपर्दा प्रार्थनाद्वारा अल्लाहतर्फ फर्कनु अनिवार्य हुन्छ ।
संकट पर्दा उक्त प्रार्थना गर्नु मुस्तहब हो।
परम दयालुको सिंहासन, जसमाथि उहाँ मुस्तवी (उच्च) हुनुहुन्छ, सम्पूर्ण सृष्टिहरूमा सबैभन्दा उच्च, सबैभन्दा ठूलो र सबैभन्दा विशाल छ। र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यसलाई "महान" (अजीम) र "सम्मानित" (करिम) भनी वर्णन गर्नुभएको छ।
आकाश र पृथ्वीलाई विशेष रूपमा उल्लेख गरिएको छ; किनभने यी मानिसहरूले देख्न सक्ने सबैभन्दा महान् सृष्टिहरूमध्ये पर्दछन्।
इमाम तिबी भन्नुहुन्छ: "दुःख-कष्ट हटाउन मिल्दो होस् भनेर यस प्रार्थनाको सुरुमा अल्लाहलाई 'रब्ब' (मालिक/पालनकर्ता) भनेर प्रशंसा गरिएको छ; किनभने दुःख टाढा गर्नु पालन र हेरचाहकै एउटा भाग हो। यस प्रार्थनामा 'तहलील' (ला इलाहा इल्लल्लाह) छ जसमा तौहीद (एकेश्वरवाद) को अर्थ छ, र यो नै अल्लाहको ठूलो महिमा गाउने मुख्य माध्यम हो। यसमा अल्लाहको महानता (अल-अजीम) को वर्णन छ जसले उहाँसँग हरेक कुरा गर्न सक्ने पूरा शक्ति छ भन्ने देखाउँछ, र उहाँको सहनशीलता (अल-हलीम) को कुरा बारे पनि वर्णन छ जसले उहाँको ज्ञानलाई देखाउँछ; किनभने अज्ञानी न त सहनशील हुन सक्छ न त उदार, र यी दुवै अल्लाहका आदरणीय गुणहरूका मुख्य आधार हुन्।"

Attribution

[मुत्तफकुन अलैहि]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...