افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#5100[सही]
HadeethEnc · 1.59.0

जुनसुकै मुसलमानले यस्तो दुआ (प्रार्थना) गर्दछ, जसमा कुनै पाप वा नातासम्बन्ध तोड्ने कुरा हुँदैन, अल्लाहले उसलाई तीनवटा कुराहरूमध्ये एउटा अवश्य प्रदान गर्नुहुन्छ: या त उसको प्रार्थना तुरुन्तै स्वीकार गरिन्छ, या त त्यसलाई उसको लागि आखिरत (परलोक) मा सञ्चित राखिन्छ, वा त्यसै बराबरको कुनै विपत्ति उसबाट टाढा हटाइन्छ।" साहाबाहरूले भने: "त्यसोभए त हामी धेरैभन्दा धेरै प्रार्थना गर्नेछौँ।" उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "अल्लाहसँग त्योभन्दा पनि बढी दिने सामर्थ्य छ।

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जुनसुकै मुसलमानले यस्तो दुआ (प्रार्थना) गर्दछ, जसमा कुनै पाप वा नातासम्बन्ध तोड्ने कुरा हुँदैन, अल्लाहले उसलाई तीनवटा कुराहरूमध्ये एउटा अवश्य प्रदान गर्नुहुन्छ: या त उसको प्रार्थना तुरुन्तै स्वीकार गरिन्छ, या त त्यसलाई उसको लागि आखिरत (परलोक) मा सञ्चित राखिन्छ, वा त्यसै बराबरको कुनै विपत्ति उसबाट टाढा हटाइन्छ।" साहाबाहरूले भने: "त्यसोभए त हामी धेरैभन्दा धेरै प्रार्थना गर्नेछौँ।" उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "अल्लाहसँग त्योभन्दा पनि बढी दिने सामर्थ्य छ।"
02

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जानकारी दिनुभएको छ कि जब कुनै मुस्लिमले अल्लाहसँग प्रार्थना गर्दछ र यस्तो कुरा माग्दछ जसमा पाप हुँदैन, जस्तै कि अवज्ञा वा अन्यायलाई सहज बनाइदिनु र नातासम्बन्ध तोड्ने खालको प्रार्थना गर्दैन, जस्तै कि आफ्ना सन्तान वा नातेदारहरू विरुद्ध प्रार्थना गर्नु, तब अल्लाहले उसको प्रार्थनाको बदलामा यी तीनवटा कुराहरूमध्ये कुनै एक अवश्य प्रदान गर्नुहुन्छ: या त उहाँले तुरुन्तै उसको प्रार्थना सुन्नुहुन्छ र उसले मागेको कुरा दिनुहुन्छ। अथवा सर्वशक्तिमान अल्लाहले उसको प्रार्थनालाई परलोकमा उच्च दर्जा (स्थान) को लागि पुरस्कार स्वरूप, अथवा दया र पापहरूबाट क्षमाको रूपमा सुरक्षित राख्नुहुन्छ। वा प्रार्थनाको बदलामा, उसले गरेको प्रार्थनाको परिमाण अनुसार, अल्लाहले उसको सांसारिक जीवनबाट त्यति नै बराबरको खराबी वा संकट टारिदिनुहुन्छ। यो सुनेर सहाबाहरूले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई भने: "त्यसो भए हामीले यी वरदानहरूमध्ये एउटा प्राप्त गर्नको लागि अत्यधिक दुआ गर्छौं ?" जवाफमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "तिमीले जे-जति माग गर्दछौ, अल्लाहसँग त्योभन्दा धेरै गुणा बढी र अझ महान् कुराहरू छन्; किनकि अल्लाहको दान (खजाना) कहिल्यै रित्तिँदैन र उहाँको अनुग्रहको कहिल्यै अन्त्य हुँदैन।"
03

Benefits

दुआका शिष्टाचार र सर्तहरू पूरा भएका छन् भने मुस्लिमको प्रार्थना स्वीकार गरिन्छ; अस्वीकार गरिँदैन। त्यसैले, भक्तले सकेसम्म धेरै प्रार्थना गर्नुपर्छ र स्वीकृतिको आशामा हतार गर्नु हुँदैन।
दुआ (प्रार्थना) स्वीकृत हुनुको अर्थ लक्ष्य प्राप्ति नै हो भन्ने होइन। कहिलेकाहीँ प्रार्थनाको बदलामा उसका पापहरू माफ हुन सक्छन्, वा त्यसको पुण्य उसको लागि परलोक (आखिरत) मा सञ्चित राखिन सक्छ।
इब्नबाजले भन्नुभएको छ: "प्रार्थनामा निरन्तरता, अल्लाहमाथि सच्चा भरोसा, सकारात्मक सोच र निराश नहुनु , यी प्रार्थना स्वीकार हुने सबैभन्दा ठूला कारणहरू हुन्। त्यसैले मानिसले प्रार्थनामा निरन्तरता दिनुपर्छ र अल्लाह सर्वशक्तिमानसँग उत्तम आशा राख्नुपर्छ। साथै यो पनि जान्नुपर्छ कि उहाँ महाज्ञानी र तत्त्वदर्शी हुनुहुन्छ । उहाँले कुनै ज्ञानपूर्ण कारणले प्रार्थनाको प्रतिफल तुरुन्तै दिन सक्नुहुन्छ, वा कुनै ज्ञानपूर्ण कारणले त्यस प्रार्थनाको स्वीकृतिमा ढिलाइ गर्नुहुन सक्छ; र कहिलेकाहीँ उहाँले प्रार्थना गर्ने व्यक्तिलाई उसले मागेको भन्दा पनि उत्तम वस्तु प्रदान गर्नुहुन्छ।"

Attribution

[अहमदले वर्णन गरेका छन्]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...