म यो झण्डा त्यसलाई दिनेछु जसले अल्लाह र उहाँका रसूललाई माया गर्छ र अल्लाहले उसको हातमा विजय प्रदान गर्नु हुनेछ।
Choose an available translation of this Hadeeth
Hadeeth text
अबू हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन् : अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले खैबरको दिन भन्नुभयो: "म यो झण्डा त्यसलाई दिनेछु जसले अल्लाह र उहाँका रसूललाई माया गर्छ र अल्लाहले उसको हातमा विजय प्रदान गर्नु हुनेछ।" उमर (रजियल्लाहु अन्हु) ले भने: मैले त्यो दिन बाहेक कहिल्यै पदको चाहना गरेको छैन। उनले थपे: मलाई बोलाइनेछ भन्ने आशामा मैले टाउको उठाएँ। उनी अझै भन्छन्: तर, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले अली इब्न अबी तालिबलाई बोलाउनुभयो, उनलाई झण्डा दिनुभयो र भन्नुभयो: "जाऊ, अल्लाहले तिमीलाई विजय नदिउन्जेल पछाडि नहेर।" उमर (रजियल्लाहु अन्हु) भन्छन्: अली (रजियल्लाहु अन्हु) अलि टाढा गए, त्यसपछि रोकिए, पछाडि नफर्केर ठूलो स्वरमा कराए: हे अल्लाहका रसूल! म मानिसहरूसँग के कुरामा लड्नु पर्छ? उहाँले भन्नुभयो: "अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुन् भनेर साक्षी नदिएसम्म युद्ध गर।" यदि तिनीहरूले त्यसो गर्छन् भने, तिनीहरूले आफ्नो ज्यान र सम्पत्ति तिमीहरूबाट जोगाए। हो, यदि तिनीहरूको कुनै अधिकार छ भने, त्यो फरक कुरा हो। तिनीहरूको हिसाब अल्लाहसँग हुनेछ।"
Explanation
उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) बताउँछन्, त्यो एक दिन बाहेक कहिल्यै पदको चाहना गरेको छैन। उहाँको हृदयमा बोलाइने इच्छा जागृत भयो, यस आशामा कि उनलाई अल्लाह र उहाँको रसूलको प्रेमले आशीर्वाद मिल्नेछ जुन पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले वर्णन गर्नुभएको थियो। उनले आफ्नो शरीर तन्काए र आफ्नो उचाइ अलिकति बढाउन थाले ताकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई देख्न सकून् र उनले झन्डा प्राप्त गर्न सकून्।
यद्यपि, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अली बिन अबू तालिब (रजियल्लाहु अन्हु) लाई बोलाउनु भयो र उहाँलाई झण्डा दिनु भयो । नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई झण्डा दिनुभयो र सेनासँगै मार्च गर्न र शत्रुसँग युद्ध गरेपछि किल्लाहरू नजितेसम्म राहत वा शान्तिको खोजीमा युद्ध नत्याग्न आदेश दिनुभयो।
त्यसैले अली (रजियल्लाहु अन्हु) निस्कनुभयो। एक पटक रोकिए पनि, नबी (सल्लल्लाहु अलैहि वसल्लम) को आदेशको अवज्ञा गर्नबाट बच्न उनी पछाडि फर्केनन्। उनी खैबरतिर फर्किए र ठूलो स्वरमा सोधे: "हे अल्लाहका रसूल! म मानिसहरूसँग केको लागि लड्नु पर्छ?"
अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो: जबसम्म उनीहरूले अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुन् साक्षी दिँदैनन् तबसम्म उनीहरूसँग लड। यदि तिनीहरूले तपाईंको निमन्त्रणा स्वीकार गर्छन् र इस्लाम धर्म अँगाल्छन् भने, तिनीहरूले आफ्नो रगत र सम्पत्ति तपाईंबाट सुरक्षित राखेका छन्। हो, यदि कुनै अपराध गरे भने इस्लामको नियम अनुसार उनीहरूलाई मृत्युको सजाय भए यो बेग्लै कुरा हो। बाँकी उनीहरूको हिसाब अल्लाहको जिम्मामा छ।
Benefits
जुन कार्यमा भलाइ सुनिश्चित छ, त्यसको इच्छा र चाहना व्यक्त गर्नु जायज छ।
युद्धभूमिमा अपनाउने रणनीतिको बारेमा शासकले सेनापतिलाई निर्देशन दिनु।
रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) का साथीहरू उहाँका उपदेशहरूलाई ग्रहण गर्थे र त्यसलाई व्यवहारमा व्यवहारमा उतार्न अग्रसर हुन्थे ।
यदि कसैलाई केही गर्न भनियो र उसले त्यो बुझेन भने, उसले सोध्नु पर्छ।
मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) नबी हुनुका धेरै तर्कहरू मध्ये यो हो, उहाँले यहूदीहरू माथि खैबरमा विजय मिल्ने भविष्यवाणी गर्नु भयो र त्यस्तो नै भयो।
रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) को आदेशमा तुरुन्तै कार्य गर्न प्रोत्साहन।
दुवै गवाही स्वीकार गर्ने व्यक्तिलाई मार्न अनुमति छैन, यदि उसले त्यस्तो कार्य गरेको छ जसको कारणले हत्या गर्नु आवश्यक छ त्यो अलग कुरा हो।
इस्लामिक आदेशहरू मानिसहरूको बाहिरी कर्महरूको आधारमा लागु हुन्छ । अल्लाह तिनीहरू भित्र लुकेका रहस्यहरूको मालिक हुनुहुन्छ।
जिहादको अन्तिम लक्ष्य भनेको मानिसहरूलाई इस्लाम धर्ममा रूपान्तरण गर्नु हो।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

