HadeethEnc · 1.59.0
निस्सन्देह अल्लाह र उहाँका रसूलले मदिरा, मृत जनावर, सुँगुर र मूर्तिहरू निषेध गर्नुभएको छ ।
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, उनले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मक्कामाथि विजयको वर्ष उहाँ मक्कामा हुँदा भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "निस्सन्देह अल्लाह र उहाँका रसूलले मदिरा, मृत जनावर, सुँगुर र मूर्तिहरू निषेध गर्नुभएको छ ।" सोधियो : हे अल्लाहका रसूल! मरेका जनावरको बोसोलाई मानिसहरूले डुङ्गामा लगाउँछन्, छालामा लगाउँछन् र मानिसहरूले दियो बाल्न प्रयोग गर्छन् । त्यसको बारेमा हजुर के भन्नुहुन्छ? उहाँले भन्नुभयो: "होइन, त्यो पनि हराम हो ।" त्यस समयमा उहाँले भन्नुभयो: "अल्लाहले यहूदीहरूलाई नष्ट गरून्, जब अल्लाहले उनीहरूका लागि बोसोलाई निषेध गर्नुभयो, तब तिनीहरूले यसलाई पगाले, त्यसपछि बेचे र त्यसको पैसा खाए ।"
02
Explanation
जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मक्कामाथि विजयको वर्ष मक्कामा भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : अल्लाह र उहाँका रसूलले मदिरा, मृत जनावर, सुँगुर र मूर्तिहरू बिक्री गर्न निषेध गर्नुभएको छ । कसैले सोधे: हे अल्लाहका रसूल! के हामीलाई मृत जनावरहरूको बोसो बेच्न अनुमति छ? किनभने मानिसहरूले यसलाई डुङ्गाहरू रंग्न, छालालाई शुद्ध पार्न र दियो बाल्न प्रयोग गर्छन् । उहाँले भन्नुभयो: होइन, यसलाई किनबेच गर्न पनि निषेध गरिएको छ । उहाँले भन्नुभयो: अल्लाहले यहूदीहरूलाई नष्ट गरून्, जब अल्लाहले उनीहरूका लागि पशुहरूको बोसो निषेध गर्नुभयो, तब तिनीहरूले यसलाई पगाले, त्यसपछि बोसो बेचे र यसको मूल्य खाए ।
03
Benefits
इमाम नववी भन्छन्: मृत जनावर, मदिरा र सुँगुरहरूको खरिद बिक्री निषेध हो भन्ने कुरामा मुस्लिमहरूको सम्मति (इजमा) रहेको छ ।
काजीले भने: जुन कुरालाई खान वा फाइदा उठाउन जायज छैन, त्यसलाई किनबेच गर्न र त्यसको मूल्य खान अनुमति छैन भन्ने कुरा यस हदीस मा समावेश छ ।
इब्ने हजरले भने: हदीसमा उल्लेखित "निषेधित" को अर्थ बिक्री गर्नु हो, प्रयोग होइन ।
हराम (निषेधित) लाई हलाल बनाउने हरेक चाल अमान्य छ ।
इमाम नववी भन्छन्: उलमा(विद्वानहरू) ले भनेका छन् : मृत जनावरहरू बेच्न निषेध हो । यदि हामीले कुनै काफिरलाई मार्छौं र काफिरहरूले उसको शवलाई लिन पैसा दिन्छ भने त्यो निषेध हो । हदीसमा छ: नौफल बिन अब्दुल्लाह अल-मख्जुमीलाई खनदकको युद्धमा मुस्लिमहरूले मारेका थिए, काफिरहरूले उनको मृत शरीर लिन दश हजार दिरहम दिने प्रस्ताव राखे, तर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले पैसा लिनुभएन र तिनीहरूलाई लाश दिनुभयो ।

Attribution
[मुत्तफकुन अलैहि]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares