افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#4535[सही]
HadeethEnc · 1.59.0

नबी (सल्लल्लाहु अलैहि वसल्लम) को 'तल्बिया' यस प्रकार थियो: "लब्बैक अल्लाहुम्मा लब्बैक्, लब्बैक ला शरीक लका लब्बैक्, इन्नल्-हम्दा वन्-निअ्मता लका वल्-मुल्क्, ला शरीक लक्।" अर्थ: "हे अल्लाह! म उपस्थित छु, म उपस्थित छु। तपाईंको कोही साझेदार छैन, म उपस्थित छु। निश्चय नै समस्त प्रशंसा तपाईंकै लागि हो, समस्त वरदान तपाईंबाटै प्राप्त हुन्छ र सम्पूर्ण साम्राज्य तपाईंकै हो। तपाईंको कोही साझेदार छैन।

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्: नबी (सल्लल्लाहु अलैहि वसल्लम) को 'तल्बिया' यस प्रकार थियो: "लब्बैक अल्लाहुम्मा लब्बैक्, लब्बैक ला शरीक लका लब्बैक्, इन्नल्-हम्दा वन्-निअ्मता लका वल्-मुल्क्, ला शरीक लक्।" अर्थ: "हे अल्लाह! म उपस्थित छु, म उपस्थित छु। तपाईंको कोही साझेदार छैन, म उपस्थित छु। निश्चय नै समस्त प्रशंसा तपाईंकै लागि हो, समस्त वरदान तपाईंबाटै प्राप्त हुन्छ र सम्पूर्ण साम्राज्य तपाईंकै हो। तपाईंको कोही साझेदार छैन।"
वर्णनकर्ता भन्नुहुन्छ कि अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हु) यस पवित्र तल्बियामा यी शब्दहरू पनि थप गर्नुहुन्थ्यो: "लब्बैक लब्बैक, वसअ्दैक, वल्-खैरु बियदैक, लब्बैक, वर-रग्बा इलैक वल्-अमल्।" अर्थ: "म उपस्थित छु, म उपस्थित छु। म हजुरको आज्ञापालनद्वारा धन्य र भाग्यशाली छु, र समस्त कल्याण तपाईंकै हातमा छ। मेरा सम्पूर्ण इच्छाहरू तपाईंतर्फनै लक्षित छन् र मेरा समस्त कर्महरू पनि केवल तपाईंकै निम्ति समर्पित छन्।"
02

Explanation

जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) हज वा उमराहको 'इह्राम' बाँध्न चाहनुहुन्थ्यो, तब उहाँले यस प्रकार 'तल्बिया' भन्नुहुन्थ्यो: "(लब्बैक अल्लाहुम्मा लब्बैक) म हजुरको सेवामा उपस्थित छु हे अल्लाह, म उपस्थित छु! यो हजुरको त्यस आह्वानको निरन्तर जवाफ हो, जसमा हजुरले हामीलाई इख्लास (निष्ठा), तौहीद (एकेश्वरवाद), हज र अन्य कुराहरूका लागि बोलाउनुभएको थियो। (लब्बैक ला शरीक लका लब्बैक) म उपस्थित छु, हजुरको कुनै साझेदार छैन, म उपस्थित छु! त्यसैले केवल हजुर मात्र नै उपास्य हुनुहुन्छ; हजुरको प्रभुत्व (रुबुबियाह), पूज्यत्व (उलुहियाह) र हजुरका नामहरू तथा गुणहरू (अस्मा वस-सिफात) मा हजुरको कुनै साझेदार छैन। (इन्नल हम्द) पक्कै पनि सबै प्रशंसा तपाईँकै लागि हुन्, (वन्-निअ्मत) र सबै आशिषहरू हजुरकै तर्फबाट हुन् र हजुर नै ती प्रदान गर्नेवाला हुनुहुन्छ, (लका) हरेक परिस्थितिमा हजुरकै लागि हुन्। (वल मुल्क) र त्यसैगरी सम्पूर्ण ब्रह्माण्डको स्वामित्व र अधिराज्य पनि हजुरकै हो। (ला शरीक लक) हजुरको कुनै साझेदार छैन, त्यसैले यी सबै कुराहरू केवल हजुर एक्लैका लागि हुन्।" अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) यी शब्दहरू थप्ने गर्थे: (लैबैक लैबैक व सा'दैक) म हजुरको सेवामा पूर्ण रूपले उपस्थित छु र हजुरको आज्ञापालन गर्न तयार छु, मलाई एकपछि अर्को गर्दै लगातार खुसी र सौभाग्य प्रदान गर्नुहोस्, (वल खैरु वियदैक) र सबै प्रकारका कल्याण र भलाइ हजुरकै हातमा छन् र हजुरकै कृपाबाट प्राप्त हुन्छन्, (लैबैक वर-रग्बाउ इलैक) म हजुरकै सेवामा उपस्थित छु र मेरा सबै चाहना, प्रार्थना र याचनाहरू केवल हजुरसँगै छन् जसको हातमा सम्पूर्ण भलाइ छ, वल अमलु) र मेरा सम्पूर्ण कर्महरू हजुरकै निमित्त हुन्, किनकि हजुर नै वास्तवमा उपासनाको वास्तविक हकदार हुनुहुन्छ।
03

Benefits

यसमा हज र उमराह गर्दा तल्बियाह पढ्नुको वैधता र यसको कति धेरै महत्त्व छ भन्ने कुरा सिकाइएको छ। किनभने तल्बियाह हज र उमराहको खास चिन्ह हो, ठीक त्यसरी नै जसरी अल्लाहू अक्बर भन्नु नमाजको खास चिन्ह हो।
इब्न अल-मुनइरले भन्नुभएको छ: "तल्बियाहको विधानमा यस कुराको संकेत छ कि अल्लाहले आफ्ना भक्तहरूलाई सम्मान दिनुभएको छ; किनकि उहाँको घर (काबा) मा उनीहरूको आगमन वास्तवमा उहाँ स्वयंकै निमन्त्रणा र आह्वानका कारण सम्भव भएको हो।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सिकाउनुभएको तल्बिया निरन्तर पढ्नु नै उत्तम हो। तर, यसमा केही थप गर्नुमा पनि कुनै खराबी छैन; किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यसप्रति मञ्जुरी दिनुभएको थियो। इब्ने हजरले भन्नुभएको छ: 'यो सबैभन्दा सन्तुलित र उचित विचार हो।' त्यसैले, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित शब्दहरूलाई छुट्टै पढ्नुपर्छ। यदि कसैले सहाबाबाट प्रमाणित शब्दहरू पढ्न चाहन्छ वा आफैँले उपयुक्त शब्दहरू थपेर भन्न चाहन्छ भने, त्यसलाई छुट्टै भन्नुपर्छ ताकि रसूलका प्रमाणित शब्दहरूसँग ती नमिस्सियून्। यो अवस्था नमाजको तशहुद (अत्तहिय्यात) पछिको दुआ जस्तै हो, जसमा भनिएको छ: 'रसूलबाट प्रमाणित दुआ पूरा गरेपछि, नमाज पढ्ने व्यक्तिले आफ्नो इच्छा अनुसारको प्रार्थना वा प्रशंसाका शब्दहरू भन्न सक्छ।' अर्थात्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित शब्दहरू समाप्त गरेपछि मात्र अन्य कुराहरू थप्न सकिन्छ।
तल्बिया पढ्दा ठूलो स्वरले पढ्नु मुस्तहब हो र यो पुरुषहरूको हकमा मात्र लागु हुन्छ, तर महिलाहरूले भने 'फित्ना' (आकर्षण वा विकृति) को डरले आफ्नो स्वर सानो राख्नुपर्छ।

Attribution

[मुत्तफकुन अलैहि]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...