افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#4438[सही]
HadeethEnc · 1.59.0

जबसम्म मानिसहरूले समयमै (चाँडै) इफ्तार गर्छन्, तबसम्म उनीहरू कल्याण र भलाइमा रहिरहनेछन्।

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

सह्ल बिन साअ्द (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जबसम्म मानिसहरूले समयमै (चाँडै) इफ्तार गर्छन्, तबसम्म उनीहरू कल्याण र भलाइमा रहिरहनेछन्।"
02

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, मानिसहरू तबसम्म कल्याणमा रहनेछन् जबसम्म उनीहरू सूर्यास्त भएको निश्चित हुने बित्तिकै इफ्तार गर्छन्। त्यसो गर्नु भनेको सुन्नतको पालना गर्नु र तोकेको सीमामा रोकिनुको संकेत हो।
03

Benefits

इमाम नववीले भन्नुहुन्छ: ”यस हदीसले सूर्यास्त भएको निश्चित भएलगत्तै ढिलो नगरी (चाँडो) इफ्तार गर्न प्रोत्साहन गर्दछ। यको अर्थ यो हो कि जबसम्म यस उम्मतका मानिसहरूले यो सुन्नतको निष्ठापूर्वक पालना गरिरहनेछन्, तबसम्म उनीहरूमा अनुशासन कायम रहनेछ र उनीहरू निरन्तर भलाइ एवं बरकत (आशीर्वाद) बाट लाभान्वित भइरहनेछन्। यसको विपरीत, इफ्तारमा अनावश्यक ढिलाइ गर्नु भनेको समाजमा दुष्टता र विकृतिको मार्ग प्रशस्त हुन थालेको सङ्केत हो।”
यसमा यस कुराको स्पष्टीकरण छ कि मानिसहरूमा भलाइ कायम रहनुको कारण उनीहरूले सुन्नहको अनुशरण गर्नु हो, र मामिलाहरूमा विकृति आउनु सुन्नहमा गरिने परिवर्तनसँग सम्बन्धित छ।
यसमा किताब प्राप्त गरेका अघिल्ला समुदायहरू र ढिलो गरी इफ्तार गर्ने बिद्अतीहरूको विरोध छ।
इब्न हजर भन्नुहुन्छ: "यस भनाइमा (इफ्तार चाडै गर्ने) कुराको कारण स्पष्ट गरिएको छ।" अल-मुहल्लाब भन्नुहुन्छ: "यसो गर्नुको रहस्य यो हो कि रातको समय दिनमा नमिसियोस्, र यो व्रत बस्ने व्यक्तिका लागि सजिलो होस् र उसले उपासनाका लागि थप ऊर्जा पाओस्।" सबै विद्वानहरू यस कुरामा एकमत छन् कि यो नियम तब मात्र लागू हुन्छ जब सूर्य अस्ताएको कुरा आफैं हेरेर वा दुईजना सच्चा व्यक्तिहरूको जानकारीबाट पक्का हुन्छ। सबैभन्दा बलियो विचार अनुसार, एकजना सच्चा व्यक्तिको गवाही पनि पर्याप्त हुन्छ। "
इब्न हजरले भन्नुहुन्छ: "एउटा महत्त्वपूर्ण कुरा: यस जमानामा सुरु गरिएको एउटा नराम्रो प्रथा (बिदअत) यो हो कि रमजानको महिनामा फज्रको समय हुनुभन्दा करिब २० मिनेट जति पहिले नै दोस्रो अजान दिइन्छ, र रोजा बस्नेहरूका लागि खाना-पिना बन्द गर्ने संकेतका रूपमा बत्तीहरू निभाइन्छ। यो नयाँ नियम निकाल्नेहरू भन्छन् कि उनीहरूले त केवल उपासनमा सावधानी अपनाउन यसो गरेका हुन्। तर यस्तो अभ्यासको गल्ती थोरै मानिसले मात्र बुझ्दछन्। यही बानीले गर्दा अहिले मानिसहरू सूर्यास्त भइसकेपछि पनि समय पक्का गर्न भन्दै ढिलो गरी अजान दिन थालेका छन्। नतिजा स्वरूप, उनीहरूले इफ्तार ढिलो गर्छन् र सहरी चाँडो खान्छन्, जसले सुन्नतको विरोध हुन्छ। यसै कारणले गर्दा उनीहरूमा राम्रा कुराहरू घट्दै गएका छन् र खराबीहरू बढ्दै गएका छन्।" अल्लाहसँग नै मद्दतको याचना गरिन्छ।

Attribution

[मुत्तफकुन अलैहि]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...