HadeethEnc · 1.59.0
जसले ‘लैलतुल-कद्र’ (सम्मानित रात) मा विश्वास र पुण्यको आशा राख्दै कियाम (उपासना) गर्दछ, उसका अघिल्ला सबै पापहरू क्षमा हुनेछन्।
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले ‘लैलतुल-कद्र’ (सम्मानित रात) मा विश्वास र पुण्यको आशा राख्दै कियाम (उपासना) गर्दछ, उसका अघिल्ला सबै पापहरू क्षमा हुनेछन्।"
02
Explanation
नबी (सल्ललाहु अलैहि वसल्लम) ले रमजानको अन्तिम दस रातहरूमध्ये एक रात ‘लैलतुल-क्द्र’ (सम्मानित रात) नामक अत्यन्तै पुण्यमय रातको महिमा वर्णन गर्नुभएको छ कि जसले यस रातको पुण्यमा विश्वास गर्दै अल्लाहको प्रसन्नता प्राप्त गर्ने उद्देश्यले कपट र देखावट बाट टाढा रहेर इमानदारीपूर्वक उपासना गर्छ, नमाज पढ्छ, प्रार्थना गर्छ, कुरआन वाचन गर्छ, र अल्लाहको जिक्र र अजकार (स्मरण) को कोशिसमा रही रहन्छ, उसका सबै पापहरू क्षमा हुनेछन्।
03
Benefits
यस हदीसमा ‘लैलतुल-क्द्र’ (सम्मानित रात) को पुण्य र यसमा जागृत रहेर प्रार्थना गर्न प्रोत्साहन दिइएको छ ।
पुण्यकर्महरू तब मात्र स्वीकार्य हुन्छन् जब तिनीहरू निष्ठापूर्ण मनसायले गरिन्छन्।
यसमा अल्लाहको कृपा र दयाको स्पष्ट प्रमाण छ कि जसले ‘लैलतुल-क्द्र’ (सम्मानित रात) मा आस्था र पुण्यको आशा राखेर कियाम (उपासना) गर्दछ, उसका अघिल्ला पापहरू क्षमा गरिन्छ ।

Attribution
[मुत्तफकुन अलैहि]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares