अब कुन कुरामा बैअत गर्ने हो, हे अल्लाहका रसूल।" तब अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "तिमीहरूले अल्लाहको उपासना गर्ने र उहाँसँग कसैलाई पनि साझेदार नबनाउने, दैनिक पाँचपटक नमाज पढ्ने र आज्ञापालन गर्ने (उहाँले एउटा कुरा बिस्तारै भन्नुभयो) र कसैसँग केही पनि नमाग्ने कुरामा बैअत गर।
Choose an available translation of this Hadeeth
Hadeeth text
अबु मुस्लिम अल-खौलानीले बयान गरेका छन्, उनले भने : मलाई मेरो प्रिय र इमानदार साथी औफ बिन मालिक अश्ह-जई (रजियल्लाहु अन्हु)ले भन्नुभयो : हामी नौ, आठ वा सात जना अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग थियौँ। उहाँले हामीलाई सोध्नुभयो: "के तिमीहरू अल्लाहका रसूलसँग बैअत (वचनबद्धता) गर्दैनौ?"
हामीले केही दिनअघि मात्रै उहाँसँग बैअत गरिसकेका थियौँ। त्यसैले हामीले भन्यौँ: "हे अल्लाहका रसूल! हामीले त तपाईंसँग वचनबद्धता गरिसकेका छौँ।"
तर उहाँले फेरि भन्नुभयो: "के तिमीहरू अल्लाहका रसूलसँग बैअत गर्दैनौ?"
हामीले दोहोर्यायौँ: "हे अल्लाहका रसूल! हामीले तपाईंसँग वचनबद्धता गरिसकेका छौँ।"
उहाँले (तेस्रो पटक पनि उही कुरा) सोध्नुभयो: "के तिमीहरू अल्लाहका रसूलसँग बैअत गर्दैनौ?"
हामीले आ-आफ्नो हात अगाडि बढाउँदै भन्यौँ: "हामीले पहिले नै तपाईंसँग वचनबद्धता गरिसकेका छौँ। अब कुन कुरामा बैअत गर्ने हो, हे अल्लाहका रसूल।"
तब अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "तिमीहरूले अल्लाहको उपासना गर्ने र उहाँसँग कसैलाई पनि साझेदार नबनाउने, दैनिक पाँचपटक नमाज पढ्ने र आज्ञापालन गर्ने (उहाँले एउटा कुरा बिस्तारै भन्नुभयो) र कसैसँग केही पनि नमाग्ने कुरामा बैअत गर।"
रावी (हदीस सुनाउने व्यक्ति) भन्छन्: "त्यसपछि, मैले ती व्यक्तिहरूमध्ये केहीलाई देखेँ कि उनीहरूको कोर्रा भुइँमा खस्दा पनि उनीहरू अरू कसैलाई उठाइदिन भन्दैनथे।"
Explanation
पहिलो: अल्लाहका आज्ञाहरू पालन गरेर र उहाँले निषेध गर्नुभएको कुराहरूबाट टाढा बसेर केवल उहाँको उपासना गर्ने र उहाँसँग कसैलाई साझेदार नबनाउनु।
दोस्रो: दिन र रातमा पाँचवटा अनिवार्य नमाज कायम गर्नु।
तेस्रो: आफ्नो हाकिमको जायज कुरामा आज्ञापालन गर्नु।
चौथो: आफ्ना सबै आवश्यकताहरू केवल अल्लाहसँग माग्ने, मानिसहरूबाट न माग्ने र यो कुरा उहाँले विस्तारै भन्नुभयो ।
सहाबाहरूले आफ्नो बैअतमा गरेका प्रतिज्ञाहरूलाई व्यवहारमा उतारे। यसबारे रावी (हदीस सुनाउने व्यक्ति) ले भन्नुभयो: ‘मैले तिनै सहाबामध्ये एकजनाको कोर्रा खसेको देखें। उनले कसैलाई उठाइदिन भनेनन्, बरु आफैं तल ओर्लिए र आफ्नै हातले उठाए।
Benefits
निषेध गरिएको सवाल (माग्ने कार्य) भनेको संसारिक कुराहरूसँग सम्बन्धित सवाल हो, यस अन्तर्गत ज्ञान र धार्मिक विषयवस्तुसँग सम्बन्धित जिज्ञासा सोध्ने र ज्ञान माग्ने कार्य पर्दैन ।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

