HadeethEnc · 1.59.0
यदि तिमीले भने जस्तै हो भने, यो तिमीले उनीहरूलाई तातो खरानी खुवाउँदैछौ जस्तो हो र जबसम्म तिमी यो अवस्थामा रहनेछौ, अल्लाहको तर्फबाट तिम्रो लागि एक सहयोगी नियुक्त गरिनेछ।
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्: एक जना मानिसले भन्यो, "हे रसूल! मेरा केही आफन्तहरू छन् जससँग म नाता सम्बन्ध राख्छु र तिनीहरूले मसँग नाता सम्बन्ध तोडिदिन्छन्। म उनीहरूसँग राम्रो व्यवहार गर्छु र उनीहरूले मलाई नराम्रो व्यवहार गर्छन्। म उनीहरूसँग धैर्य गर्छु र उनीहरूले मलाई नराम्रो व्यवहार गर्छन्! उहाँले भन्नुभयो: "यदि तिमीले भने जस्तै हो भने, यो तिमीले उनीहरूलाई तातो खरानी खुवाउँदैछौ जस्तो हो र जबसम्म तिमी यो अवस्थामा रहनेछौ, अल्लाहको तर्फबाट तिम्रो लागि एक सहयोगी नियुक्त गरिनेछ।"
02
Explanation
एक जना मानिस नबी (सल्लल्लाहु अलैहि वसल्लम) को नजिक आए र गुनासो गरे, उनका केही आफन्तहरू छन् जससँग उनी राम्रो व्यवहार गर्छन् र उनीहरूले उनीसँग नराम्रो व्यवहार गर्छन्। उनले सम्बन्ध स्थापित गरे र उनका आफन्तहरूले उनीहरूलाई काटिदिए। उसले राम्रो गर्छ र उसका आफन्तहरूले नराम्रो गर्छन्। उसले धैर्य र क्षमा देखाउँछ र उसका आफन्तहरूले अज्ञानतापूर्वक व्यवहार गर्छन्। यस्तो अवस्थामा, उसको तर्फबाट नाता सम्बन्ध जारी रहनुपर्छ कि पर्दैन?
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई भने: यदि यो तिमीले भनेजस्तै छ, भने तिमी आफ्ना नातेदारहरूलाई उनीहरूको आफ्नै आँखामा लज्जित र तुच्छ बनाउँदैछौ। यस्तो लाग्छ, तिमी तिनीहरूलाई तातो खरानी खुवाउँदैछौ, किनभने तिम्रो धेरै भलाइ र तिनीहरूको खराब व्यवहार तिनीहरूको आत्मसम्मानलाई कमजोर बनाउँछ। तिमीसँग सधैं अल्लाहबाट एक सहायक हुनेछ, जसले तिनीहरूको हानीबाट रक्षा गर्नेछ, जबसम्म तिमी तिनीहरूप्रति यसै प्रकारको भलाइमा रहन्छौ र उनीहरू तिमीप्रति आफ्नो खराब व्यवहार गरी रहन्छन्।

03
Benefits
दयालुताका साथ दुर्व्यवहारको सामना गर्नाले दुष्ट व्यक्तिलाई सत्यमा फर्काउने क्षमता हुन्छ, अल्लाहले भनेका छन्: (नराम्रो कुरालाई राम्रो तरिकाले जवाफ देऊ, त्यसपछि तिमी र जसको बीचमा शत्रुता छ, त्यो एक निष्ठावान मित्र जस्तै हुनेछ।)
बाटोमा केही कठिनाइहरू आइपरे पनि अल्लाहको आदेश पालना गर्नु एक मोमिनको लागि अल्लाहको सहयोग प्राप्त गर्ने माध्यम हो।
नाता सम्बन्ध तोड्दा यस संसारमा यातना र पीडा हुन्छ र परलोकमा पाप र कठोर हिसाब पनि हुन्छ।
एक मुस्लिमले आफ्नो असल काममा प्रतिफलको आशा गर्नुपर्छ र कसैको उत्पीडन वा नाता सम्बन्ध विच्छेदको कारणले आफ्नो असल बानी त्याग्नु हुँदैन।
साँचो नातेदार त्यो होइन जसले राम्रो व्यवहार गर्ने आफन्तहरूलाई राम्रो व्यवहार गर्छ। साँचो नातेदार त्यो हो जसले दुर्व्यवहार गर्ने आफन्तहरूलाई पनि राम्रो व्यवहार गर्छ।

Attribution
[मुस्लिमले वर्णन गरेका छन्]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares