मभन्दा पहिले अल्लाहले पठाएका सबै नबीहरूका आफ्ना अनुयायीहरूबाट नै चेला, सहयोगी र साथीहरू थिए जसले उनीहरूको सुन्नतलाई पछ्याएका थिए र उनीहरूको आदेशहरूको अनुसरण गर्थे
Choose an available translation of this Hadeeth
Hadeeth text
हदीस : अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो: "मभन्दा पहिले अल्लाहले पठाएका सबै नबीहरूका आफ्ना अनुयायीहरूबाट नै चेला, सहयोगी र साथीहरू थिए जसले उनीहरूको सुन्नतलाई पछ्याएका थिए र उनीहरूको आदेशहरूको अनुसरण गर्थे। त्यसपछि यस्ता मानिसहरू देखा परे जो आफ्नो इमानमा सत्य थिएनन्, जसले ती कुराहरू भने जुन उनीहरूले गर्दैनथे र ती कामहरू गर्थे जुन उनीहरूलाई गर्न आदेश दिइएको थिएन। त्यसैले जसले आफ्नो हातले तिनीहरूसँग लड्छ त्यो आस्थावान हो, जसले आफ्नो जिब्रोले तिनीहरूसँग लड्छ त्यो आस्थावान हो र जसले आफ्नो हृदयले तिनीहरूसँग लड्छ त्यो आस्थावान हो र यसभन्दा पर रायोको दाना जत्रो पनि विश्वास छैन।"
Explanation
Benefits
खराब काम गर्दा पनि मनले निन्दा नगर्नु भनेको कमजोर विश्वास वा यसको लोपको प्रमाण हो।
अल्लाहले आफ्ना नबीहरूलाई यस्ता मानिसहरू सहज पार्नुहुन्छ, जसले उनीहरूपछि उनीहरूको सन्देश बोकेर आउनेहरूलाई सुनाउँछन्।
जसले मुक्ति चाहन्छ, उसले नबीहरूको मार्ग पछ्याउनु पर्छ; किनकि तिनीहरूको तरिका बाहेक अरू सबै मार्ग विनाश र पथभ्रष्टता हो।
नबी (सल्लल्लाहु अलैहि व सल्ल) मा र उहाँका सहाबी (साथी) हरू देखि जति जमाना टाढा हुँदै गयो, त्यति नै उनीहरूले सुन्नतलाई छोडे, इच्छाहरूको अनुसरण गर्न थाले र नौला कुराहरू शुरु गरे।
जिहादका चरणहरूको विवरण: जसले हातले रोक्न सक्छ, उसले हातले गर्नुपर्छ, जस्तैः अभिभावक, शासक र राजकुमारहरू । बोली मार्फत जिहाद भनेको सत्यताका साथ काम गर्नु र त्यसको लागि आह्वान गर्नु हो। जबकि हृदय मार्फत जिहाद भनेको गलतलाई गलत ठान्नु, मन नपराउनु र त्यसमा सन्तुष्ट नहुनु हो।
राम्रो कामको आदेश दिने र नराम्रो कामबाट रोक्ने दायित्व ।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

