HadeethEnc · 1.59.0
अल्लाहले तोकेको (निषेध र वर्जित कार्यहरुको) सिमानाको पालना गर्ने र त्यसको उल्लङ्घन गर्नेहरूको उदाहरण एउटै डुङ्गामा यात्रा गरिरहेका मानिसहरूजस्तै हो, जसमा ति सबैले चिट्ठा हालेर डुङ्गामा आ-आफ्नो स्थान निर्धारण गरे, जसमध्ये केही मानिसहरूले डुङ्गाको माथिल्लो भागमा र केहीले तल्लो भागमा स्थान पाए।
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
नोअ्मान बिन बशीर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहले तोकेको (निषेध र वर्जित कार्यहरुको) सिमानाको पालना गर्ने र त्यसको उल्लङ्घन गर्नेहरूको उदाहरण एउटै डुङ्गामा यात्रा गरिरहेका मानिसहरूजस्तै हो, जसमा ति सबैले चिट्ठा हालेर डुङ्गामा आ-आफ्नो स्थान निर्धारण गरे, जसमध्ये केही मानिसहरूले डुङ्गाको माथिल्लो भागमा र केहीले तल्लो भागमा स्थान पाए। तल्लो भागमा रहेकाहरूले पानी लिन माथिल्लो भाग भएर जानुपर्थ्यो, त्यसैले उनीहरूले सोचे - हामीले आफ्नै भागमा प्वाल किन नबनाउने? ताकि माथिल्लो भागमा रहेकाहरूलाई कुनै असुविधा नहोस् । अब यदि माथिल्लो भागमा बस्नेहरूले तल्लो भागमा रहेकालाई तिनीहरूले सोचे अनुसार प्वाल गर्न दिए भने सबै नाश हुनेछन् र तर यदि उनीहरूले तल्लो भागका मानिसहरूको हात समातेर (त्यस्तो गर्न नदिए) रोके भने, आफूहरूसहित सबै सुरक्षित रहनेछन् ।"
02
Explanation
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यस हदीसमा अल्लाहले तोकेको सीमाभित्र बस्ने, उहाँको आदेशको पालना गर्ने, पुण्य कर्मको आदेश दिने र नराम्रा कुराहरूबाट रोक्ने र अल्लाहको सीमाहरू उल्लङ्घन गर्ने, असल कार्य छोड्ने र खराब कार्य गर्नेहरूको लागि एउटा उदाहरण प्रस्तुत गर्नुभयो, र यसले समाजको उद्धारमा पर्ने प्रभावको बारेमा बताउनुभयो। उहाँले यो उदाहरण यस्तो दिनुभयो: मानौं, केही मानिसहरू एउटा पानी-जहाजमा सवार भए, र तिनीहरूले चिठ्ठा हालेर निर्णय गरे कि को माथिल्लो भागमा बस्छ र को तल्लो भागमा । केहीले माथिल्लो भाग पाए त कोहीले तल्लो भाग पाए । (पानी व्यवस्थापन माथिल्लो भागमा भएकोले) तल्लो भागमा बस्नेहरूले पानी लिन जाँदा माथिल्लो भागमा मानिसहरूको बाटो हुँदै जानुपर्थ्यो। तब तल्लो भागका मानिसहरूले भने: " यदि हामीले हाम्रो भागमा प्वाल बनायौँ भने माथिल्लो भागमा रहेका मानिसहरूलाई कुनै असुविधा हुने छैन।" अब यस्तो स्थितिमा यदि माथिल्लो भागका मानिसहरूले तल्लो भागका मानिसहरूको हात समातेर प्वाल पार्नबाट रोकेनन् भने डुङ्गा डुब्नेछ र सबैको ज्यान जानेछ र तर यदि तिनीहरू रोके भने, दुवै समूहका सवारहरू बाँच्नेछन् ।
03
Benefits
यस हदीसले समाजको संरक्षण र उद्धारका लागि पुण्य कर्मको आदेश र दुष्कर्म बाट रोक्ने कार्यको महत्त्व उजागर हुन्छ ।
उदाहरण एउटा प्रभावकारी शिक्षण विधि हो। यसले अर्थहरूलाई प्रत्यक्ष रूपमा अनुभूति गर्न सक्ने बनाइ बुझ्न र सम्झन सजिलो पार्छ।
खुला रूपमा खराब कार्य गर्नु र त्यसलाई रोक्ने प्रयास नगर्नु एक यस्तो हानिकारक कार्य हो जसले सम्पूर्ण समाजलाई हानि पुर्याउँछ।
दुष्कर्म गर्नेहरूलाई गलत काम गर्न छुट दिनु भनेको समाजलाई विनाशतर्फ धकेल्ने हो ।
राम्रो नियतले गलत काम गर्दा त्यो काम कदापी सही हुँदैन ।
मुस्लिम समाजमा जिम्मेवारीको अवधारणा सामूहिक हुन्छ, कुनै एक व्यक्तिमा मात्र सीमित हुँदैन।
विशेष व्यक्तिहरूका दुष्कर्मलाई नरोकेमा त्यसको सजाय सर्वसाधारणले पनि भोग्नुपर्ने हुन सक्छ।
गलत कार्यमा संलग्न व्यक्तिहरूले पाखण्डी (मुनाफिक) हरूले झैँ आफ्नो दुष्कर्मलाई समाजको भलाइको रूपमा प्रस्तुत गर्ने प्रयास गर्छन्।

Attribution
[बुखारीले वर्णन गरेका छन्]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares