जनाबत (सम्भोग वा वीर्य निस्केपछि गरिने) स्नानको विधि
Choose an available translation of this Hadeeth
Hadeeth text
नबी (सल्लल्लाहु अलैहि वसल्लम) की श्रीमती मैमुनह (रजियल्लाहु अन्हा) ज्यूले बयान गरेकी छिन्, "मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) का लागि स्नानको पानी तयार गरिदिएँ, अनि एउटा कपडाले उहाँलाई छेकिदिएँ। उहाँले आफ्नो दुवै हातमाथि पानी खन्याएर तिनलाई धुनुभयो, त्यसपछि दाहिने हातले बायाँ हातमाथि पानी खन्याएर आफ्नो लज्जास्थान धुनुभयो, अनि आफ्नो हात जमिनमा दलेर त्यसलाई धुनुभयो। त्यसपछि कुल्ली गर्नुभयो, नाकमा पानी हाल्नुभयो, आफ्नो अनुहार र दुवै हात कुहिनासम्म धुनुभयो, त्यसपछि टाउकोमाथि पानी हालेर सम्पूर्ण शरीरमा खन्याउनुभयो, त्यसपछि आफ्नो स्थानबाट अलि पर सरेर आफ्नो दुवै खुट्टा धुनुभयो । मैले उहाँलाई एउटा कपडा ल्याइदिएँ तर उहाँले नलिई हातले पानी पुछ्न थाल्नुभयो । "
Explanation
१) उहाँले पानीको भाँडोमा हात हाल्नु अघि आफ्नो दुवै हातमा पानी खन्याएर धुनुभयो ।
२) उहाँले आफ्नो दाहिने हातले देब्रे हातमा पानी खन्याएर आफ्नो गुप्तांग धुनुभयो; ताकि जनाबत (सम्भोग वा वीर्य निस्के) पछिको फोहोर सफा होस् ।
३) उहाँले आफ्नो हात भुइँमा रगडेर राम्रोसँग धुनुभयो, ताकि हातमा लागेको फोहोर सफा होस् ।
४) आफ्नो मुख कुल्ला गर्नुभयो; अर्थात् मुखमा पानी हालेर, यताउता घुमाएर बाहिर फ्याँक्नुभयो। त्यसपछि नाक सफा गर्नुभयो; अर्थात्, साससँगै नाकमा पानी तान्नुभयो र त्यसलाई बाहिर फ्याँकेर नाक सफा गर्नुभयो।
५) आफ्नो अनुहार र दुवै हात (कुहिनो समेत) धुनुभयो ।
६) आफ्नो टाउकोमा पानी हाल्नुभयो ।
७) शरीरको बाँकी भागमा पानी खन्याउनुभयो ।
८) उहाँ नुहाएको ठाउँबाट अर्को ठाउँमा सर्नुभयो र खुट्टाहरू धुनुभयो, किनभने पहिले ती धुनुभएको थिएन। ।
त्यसपछि मैमुना (रजियल्लाहु अन्हा) ले शरीर सुकाउनको लागि एउटा कपडा ल्याइन्, तर उहाँले लिनुभएन र हातले आफ्नो शरीरको पानी पुछ्न थाल्नुभयो ।
Benefits
जनाबत (सम्भोग) पछि नुहाउने र शुद्ध हुने नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित यो एक पूर्ण तरिका हो तर यदि कसैले मुख कुल्ला गर्छ, नाक सफा गर्छ र आफ्नो सम्पूर्ण शरीरमा पानी खन्याउछ भने काफी हुन्छ ।
स्नान र वुजू गरेपछि कपडाले शरिर पुछ्नु वा कपडा प्रयोग नगर्नु दुवै जायज छ।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

