HadeethEnc · 1.59.0
जब तिमीहरूमध्ये कसैले राम्रो सपना देख्छ, उसले यो अल्लाहबाट आएको हो भनेर जान्नुपर्छ। त्यसैले उसले त्यसको लागि अल्लाहको प्रशंसा गर्नुपर्छ र त्यसको वर्णन गर्नुपर्छ। तर जब उसले मन नपर्ने कुरा देख्छ, उसले यो जान्नुपर्) ले यो शैतानको तर्फबाट हो। त्यसैले उसले त्यो सपनाको नराम्रोबाट अल्लाहको शरण लिनुपर्छ र कसैलाई पनि यो कुरा उल्लेख गर्नु हुँदैन, किनकि उसले उसलाई हानि पुर्याउन सक्ने छैन।
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
अबू सईद खुदरी (रजियल्लाहु अन्हु) ले बयान गर्नु भएको छ, उनले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई भन्दै गरेको सुने: "जब तिमीहरूमध्ये कसैले राम्रो सपना देख्छ, उसले यो अल्लाहबाट आएको हो भनेर जान्नुपर्छ। त्यसैले उसले त्यसको लागि अल्लाहको प्रशंसा गर्नुपर्छ र त्यसको वर्णन गर्नुपर्छ। तर जब उसले मन नपर्ने कुरा देख्छ, उसले यो जान्नुपर्) ले यो शैतानको तर्फबाट हो। त्यसैले उसले त्यो सपनाको नराम्रोबाट अल्लाहको शरण लिनुपर्छ र कसैलाई पनि यो कुरा उल्लेख गर्नु हुँदैन, किनकि उसले उसलाई हानि पुर्याउन सक्ने छैन।"
02
Explanation
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, निद्रामा देखिने राम्रो र रमाइलो सपना अल्लाहको तर्फबाट हो। त्यसैले, यसको लागि अल्लाहको प्रशंसा गर्नुपर्छ र अरूलाई यसको बारेमा बताउनुपर्छ। यसको विपरीत, जब कुनै व्यक्तिले अप्रिय र कष्टकर सपना देख्छ भने त्यो शैतानको तर्फबाट हो। त्यसकारण, यस्तो सपनाको नराम्रोबाट अल्लाहको शरण लिनुपर्छ र कसैलाई भन्नु हुँदैन। यसो गरेपछि, उसलाई कुनै हानि हुनेछैन। किनभने अल्लाहले माथि उल्लेखित कुराहरूलाई सपनाको परिणामस्वरूप उत्पन्न हुन सक्ने खराबीबाट सुरक्षाको माध्यम बनाएका छन्।
03
Benefits
सपनाका प्रकारहरू: १- राम्रो सपना। यो एक साँचो सपना र अल्लाहबाट आएको सन्देश हो, जुन व्यक्तिले देख्छ वा देखाइन्छ। २- विचलित विचारहरू। अर्थात्, जागृत हुँदा व्यक्तिले सोचिरहने कुराहरू। ३- शैतानले व्यक्तिलाई दुःखी वा डरलाग्दो बनाउने प्रयास।
राम्रा सपनाहरूको बारेमा भनिएको कुराबाट तीन कुराहरू निस्कन्छन्: राम्रो सपना देखेपछि, अल्लाहको प्रशंसा गर्नुपर्छ, त्यसमा खुसी हुनुपर्छ र यसलाई भन्नुपर्छ। तर जसले यो सपना मन पराउँछ उसलाई मात्र भन्नुपर्छ। मन नपराउनेलाई होइन।
त्यस्तै गरी, यहाँ नराम्रो सपनाको सम्बन्धी पालना गर्नुपर्ने पाँचवटा कुराहरू छन्: यसको दुष्टताबाट अल्लाहको शरण लिनु, शैतानको दुष्टताबाट अल्लाहको शरण लिनु, निद्राबाट उठेपछि तीन पटक बायाँ तर्फ थुक्नु, यो कुरा कसैलाई पनि नभन्नु र उसले फेरि सुत्न चाहन्छ भने, तब विपरीत कोल्टेमा सुत्नु। यसो गरेपछि, यसरी गरेमा सपनाले कुनै पनि हानि पुर्याउने छैन।
इब्न हजर भन्छन्: यसमा बुद्धिमत्ता लुकेको छ: जब कुनै व्यक्तिले आफूलाई माया नगर्ने व्यक्तिलाई राम्रो सपनाको बारेमा बताउँछ, उसले द्वेष वा ईर्ष्याको कारणले यसको अनुपयुक्त अर्थ लगाउँछ। यस्तो अवस्थामा, सपनाको उही व्याख्या प्रकाशमा आउन सक्छ, यदि त्यस्तो भएन भने पनि, व्यक्ति निश्चित रूपमा दुःखी र निराश हुनेछ। यसलाई ध्यानमा राख्दै, यस्तो राम्रो सपनाको उल्लेख गर्न निषेध गरिएको छ।
वरदान प्राप्त हुँदा अल्लाहको प्रशंसा गर्नु, यसले कृपा र आशीर्वादको निरन्तरता सुनिश्चित गर्दछ।

Attribution
[बुखारीले वर्णन गरेका छन्]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares