HadeethEnc · 1.59.0
इमामले शुक्रबारको दिन खुत्बा (उपदेश) दिइरहेको बेला यदि तिमीले आफ्नो साथीलाई चुप लाग्न भन्यौ भने तिमीले पनि गलत (व्यर्थ) काम गरेको हुन्छौ।
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "इमामले शुक्रबारको दिन खुत्बा (उपदेश) दिइरहेको बेला यदि तिमीले आफ्नो
साथीलाई चुप लाग्न भन्यौ भने तिमीले पनि गलत (व्यर्थ) काम गरेको हुन्छौ।"
02
Explanation
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, शुक्रबारको खुत्बामा उपस्थित व्यक्तिहरूले चुपचाप र पूर्ण ध्यानका साथ खतीब (धर्मगुरु) को खुत्बा (उपदेश) लाई सुन्नु पर्छ, ताकि उहाँले यसमा मनन गर्न सकून् । जसले खुत्बा भइरहेको समयमा कसैलाई शान्त रहन वा ध्यान दिएर सुन्न इत्यादि सानो कुरा पनि भन्यो भने ऊ शुक्रबारको नमाजको पुण्यबाट वञ्चित भयो ।
03
Benefits
जुमाको खुत्बा (उपदेश) सुन्दा कुरा गर्नु हराम/बाहिर वर्जित हो । त्यसैगरी कसैलाई गलत कामबाट रोक्नका लागि कुरा गर्नु, सलामको जवाफ दिनु र हाच्छ्युँ गर्नेलाई जवाफ दिन पनि निषेध गरिएको छ ।
यदि कसैले इमामलाई केही भन्न सम्बोधन गर्छ वा इमामले कसैलाई सम्बोधन गर्छ भने यो अपवाद हो र निषेध भित्र पर्दैन ।
आवश्यक पर्दा दुई खुत्बा बीच कुरा गर्न अनुमति छ ।
खुत्बाको समयमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नाम आउँछ भने उहाँमाथि विस्तारै दरुद पढ्नु र त्यसैगरी दुआ पछि पनि विस्तारै आमीन भन्नु ।

Attribution
[मुत्तफकुन अलैहि]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares