नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दुईवटा सेतो-कालो मिश्रित रङको र सिङ भएका भेडाको कुर्बानी (वध कार्य) गर्नुभयो। उहाँले दुवैको घाँटीको छेउमा आफ्नो खुट्टा राखेर 'बिस्मिल्लाह' र 'अल्लाहु अकबर' भन्दै आफ्नै हातले जबह (वध) गर्नुभयो।
Choose an available translation of this Hadeeth
Hadeeth text
अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दुईवटा सेतो-कालो मिश्रित रङको र सिङ भएका भेडाको कुर्बानी (वध कार्य) गर्नुभयो। उहाँले दुवैको घाँटीको छेउमा आफ्नो खुट्टा राखेर 'बिस्मिल्लाह' र 'अल्लाहु अकबर' भन्दै आफ्नै हातले जबह (वध) गर्नुभयो।
Explanation
Benefits
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जुन प्रकारको जनावरको कुर्बानी दिनुभएको थियो, त्यस्तै जनावरको कुर्बानी गर्नु उत्कृष्ट हुन्छ; किनभने त्यो आकर्षक हुनुका साथै त्यसको बोसो र मासु पनि राम्रो हुन्छ।
इमाम नववी (रहिमहुल्लाह) ले उल्लेख गर्नुभएको छ: आफ्नो कुरबानी आफ्नै हातले जबह गर्नु ‘मुस्तहब’ (पुण्यदायी) कार्य हो। तरपनि, कुनै जायज कारणवश प्रतिनिधि (वकील) नियुक्त गर्ने अनुमति छ। प्रतिनिधिमार्फत जबह गराउँदा उक्त स्थानमा स्वयं उपस्थित हुनु राम्रो हुन्छ। यस कार्यका लागि कुनै मुस्लिम व्यक्तिलाई नियुक्त गर्नु वैध छ र यस विषयमा विद्वानहरूबीच कुनै पनि मतभेद छैन।
इब्ने हजर भन्नुहुन्छ: पशु वध (जबह) गर्दा ‘बिस्मिल्लाह’ का साथ ‘अल्लाहु अकबर’ उच्चारण गर्नु र पशुको दाहिने काँधमा आफ्नो खुट्टा राख्नु ‘मुस्तहब’ (उत्तम) कार्य हो। विद्वानहरूबीच यस कुरामा सहमति छ कि पशुलाई बायाँ पट्टी पारेर जमिनमा लडाउनुपर्छ र वधकर्ताले आफ्नो खुट्टा पशुको दाहिने छेउमा राख्नुपर्छ। यसो गर्दा वधकर्तालाई दाहिने हातले छुरी चलाउन र बायाँ हातले पशुको शिर थाम्न सहज हुन्छ।
सिङ भएको पशुको कुर्बानी गर्नु उत्तम (मुस्तहब) मानिन्छ, तर सिङ नभएको पशुको कुर्बानी पनि वैध छ।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

