HadeethEnc · 1.59.0
जसले अल्लाहको वचन (तौहीद) सर्वोच्च होस् भन्ने लक्ष्य लिएर लड्छ, ऊ नै मात्र अल्लाहको मार्गमा लडिरहेको हुन्छ।
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
अबू-मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग (विभिन्न मनोवृत्ति साथ युद्धमा भाग लिनेबारे सोधियो): "कोही बहादुरी देखाउन लड्छ, कोही जातिवाद (हठ वा पक्षपात) का लागि लड्छ, अनि कोही देखावटी वा प्रशंसा पाउन लड्छ। यीमध्ये कुन अल्लाहको मार्गमा (गरिएको) युद्ध हो?" रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो:"जसले अल्लाहको वचन (तौहीद) सर्वोच्च होस् भन्ने लक्ष्य लिएर लड्छ, ऊ नै मात्र अल्लाहको मार्गमा लडिरहेको हुन्छ।"
02
Explanation
नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई विभिन्न उद्देश्य लिएर लड्नेहरू बारे सोधिएको थियो, कोही बहादुरी प्रदर्शन गर्न लड्छ, कोही पक्षपातको लागि लड्छ र कोही देखावती को लागि लड्छ, तिनीहरूमध्ये कुन व्यक्ति अल्लाहको मार्गमा हुन्छ? जवाफमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : अल्लाहको वचन (तौहीद) लाई उच्च पार्न लड्ने व्यक्ति नै केवल अल्लाहको मार्गमा हुन्छ ।
03
Benefits
कर्म सही वा गलत हुने आधारभूत सिद्धान्त मानिसको नियत (मनसाय) र सत्यनिष्ठामा निर्भर रहन्छ।
जिहादको मूल उद्देश्य अल्लाहको वचनको उच्चीकरण गर्नु हो। यस उद्देश्यसँगै युद्धबाट प्राप्त हुने गनीमत (धनसम्पत्ति) जस्ता वैध लाभहरू जोडिएका हुन सक्छन्, तर यस अतिरिक्त लक्ष्यले जिहादको मूल उद्देश्यलाई प्रभाव पार्दैन।
मातृभूमि, पवित्र स्थल तथा इज्जतको रक्षा गर्न शत्रुहरूसँग लड्नु पनि अल्लाहको मार्गमा गरिने जिहाद अन्तर्गत पर्छ।
मुजाहिदीन (योद्धा) का बारेमा उल्लेखित सद्गुणहरू केवल अल्लाहको वचन (तौहीद) लाई उच्च पार्न लड्नेहरूका लागि हुन्।

Attribution
[मुत्तफकुन अलैहि]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares