HadeethEnc · 1.59.0
हे अल्लाहका रसूल ! हामी जिहादलाई सर्वश्रेष्ठ कार्य मान्दछौँ, के हामीले जिहाद गरौँ त ?" उहाँले उत्तर दिनुभयो, "होइन, बरु (तिमीहरूका लागि) सर्वश्रेष्ठ जिहाद ‘हज मबरुर’ (स्वीकृत हज) हो।
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छन्
कि उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सगँ सोधिन्, "हे अल्लाहका रसूल ! हामी जिहादलाई सर्वश्रेष्ठ कार्य मान्दछौँ, के हामीले जिहाद गरौँ त ?" उहाँले उत्तर दिनुभयो, "होइन, बरु (तिमीहरूका लागि) सर्वश्रेष्ठ जिहाद ‘हज मबरुर’ (स्वीकृत हज) हो।"
02
Explanation
सहाबा (रजियल्लाहु अन्हुम) ले अल्लाहको निम्ति जिहाद गर्नु र शत्रुहरूसँग लड्नुलाई सबै भन्दा उत्तम कर्म मान्थे । त्यसैले आइशा (रजियल्लाहु अन्हा) ले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सगँ जिहादमा भाग लिन अनुरोध गरिन्।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले महिलाहरूको लागि सबैभन्दा उत्तम जिहाद हज मबरुर हो भनेर मार्गदर्शन गर्नुभयो । कुर्आन र सुन्नत अनुसार गरिएको र पाप तथा पाखंडबाट मुक्त रहेको हजलाई; हज मबरुर भनिन्छ ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले महिलाहरूको लागि सबैभन्दा उत्तम जिहाद हज मबरुर हो भनेर मार्गदर्शन गर्नुभयो । कुर्आन र सुन्नत अनुसार गरिएको र पाप तथा पाखंडबाट मुक्त रहेको हजलाई; हज मबरुर भनिन्छ ।
03
Benefits
जिहाद पुरुषहरूको लागि सर्वश्रेष्ठ कर्म हो ।
हज महिलाहरुको लागि जिहाद भन्दा राम्रो हो । वास्तवमा, महिलाहरूको लागि सबैभन्दा उत्तम जिहाद ‘हज मबरुर’ (स्वीकृत हज) हो।
कर्महरूमा भिन्नता र श्रेणीगत अन्तर हुन्छ, त्यसैगरी ती कर्महरूको मूल्य एवं उत्कृष्टता कर्ताको आधारमा पनि भिन्न-भिन्न हुन्छ।
हजलाई 'जिहाद' भनिएको छ, किनकि यो स्वयम् विरुद्ध गरिने एक प्रकारको जिहाद हो। यसमा धन खर्च हुन्छ र शारीरिक शक्तिको प्रयोग पनि हुन्छ। त्यसैले, यो शारीरिक र आर्थिक दुवै प्रकारको उपासनाअन्तर्गत पर्छ, जसरी अल्लाहको मार्गमा हुने जिहाद पनि शरीर र धन दुवैको प्रयोगमा आधारित हुन्छ।

Attribution
[बुखारीले वर्णन गरेका छन्]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares