HadeethEnc · 1.59.0
उभिएर नमाज पढ्नु, नसक्ने भए बसेर नमाज पढ्नु र यो पनि सम्भव भएन भने कोल्टे परेर नमाज पढ्नु ।
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
इमरान बिन हुसैन (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मलाई बवासीर (पाइल्स) को समस्या थियो । त्यसैले मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) संग सलाह कसरी पढ्ने बारे सोधें र उहाँले भन्नुभयो: "उभिएर नमाज पढ्नु, नसक्ने भए बसेर नमाज पढ्नु र यो पनि सम्भव भएन भने कोल्टे परेर नमाज पढ्नु ।"
02
Explanation
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, वास्तविकता के हो भने उभिएर सलाह पढ्नुपर्छ । उभिएर नमाज पढ्न नसकेको अवस्थामा बसेर पढ्नुपर्छ र बसेर नमाज पढ्न नसक्ने भए कोल्टे फर्केर वा सुतेर पढ्नुपर्छ ।
03
Benefits
नमाज कुनै हालतमा पनि माफ हुँदैन जबसम्म मानसिक स्थिरता रहन्छ, त्यसैले अवस्था अनुसार जति क्षमता छ त्यति अनुसार नमाज पढ्नु पर्छ।
इस्लाम एक सरल र सहज धर्म हो, यसले भक्तलाई आफ्नो क्षमता अनुसार नमाज पढ्न आदेश दिएको छ ।
इस्लाम एक सरल र सहज धर्म हो, यसले भक्तलाई आफ्नो क्षमता अनुसार नमाज पढ्न आदेश दिएको छ ।
Attribution
[बुखारीले वर्णन गरेका छन्]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares

