नोबल कुरानको अर्थको अनुवाद
القرآن الكريم
कुरान सबैभन्दा राम्रो वचन हो किनभने यो ईश्वरको वचन हो, सर्वश्रेष्ठ स्वर्गदूत (जिब्रील,उहाँमाथि शान्ति होस्), को माध्यमबाट सर्वश्रेष्ठ दूतहरुको मुटु (मुहम्मद, उहाँ माथि ईश्वरको शान्ति र कृपा होस्) माथि,सबै भन्दा राम्रो ठाउँ (मक्का अल- मुकर्रमा)मा, सबै भन्दा राम्रो समय (रमजानको महिना)मा ,सबै भन्दा राम्रो रात (कद्रको रात)मा, र सबै भन्दा राम्रो भाषा (अरबी भाषा) मा अवतरित भयो।
ईश्वरले मानव जाति र जिन्नलाई यसको जस्तै एक सुरह ल्याउनको लागि चुनौती दिनुभयो, तर उनीहरु त्यो गर्न सकेनन्, र ईश्वरले त्यसको संरक्षणको जिम्मा आँफै लिए, त्यसमा कसैले पनि यति समय वितिसकेपछि एक शब्द जोड्न वा घटाउन सक्षम भएनन्।
त्यो ११४ सूरहहरू, सूरह फातिहा देखि सूरह नास सम्म रहेका छन्।
ईश्वरले यसको पठनलाई आराधना(पूजा)को एउटा कार्य बनाउनुभयो,जसको माध्यमबाट उहाँको नजिक हुन सकिन्छ, किनकि उनले यसको एक शब्द पढे बापत दस भलाई(नेकी) पाउने निश्चित गरेका छन्।

